रुपन्देही । दाङको राजपुर गाउँपालिका–४ मोतीपुरमा सामुदायिक वन क्षेत्रमा भएको विवादका क्रममा बञ्चरो प्रहारबाट एक जनाको मृत्यु भएको छ ।
स्थानीय ५५ वर्षीय भोला यादवको शनिबार दिउँसो करिब १२ः४५ बजे तिर हत्या भएको प्रहरीले जनाएको छ । प्रारम्भिक जानकारीअनुसार सोही गाउँका करिब ४० वर्षीय इश्वर हरिजनले रामजानकी सामुदायिक वन क्षेत्रबाट काठ लिने विषयमा भएको विवादका क्रममा यादवमाथि बञ्चरो प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
टाउकोमा गम्भीर चोट लागेका यादवको घटनास्थलमै मृत्यु भएको बताइएको छ। घटनापछि आरोपी इश्वर हरिजन फरार रहेका छन् । प्रहरीले उनको खोजी कार्य तीव्र रूपमा अघि बढाइएको जनाएको छ ।
मृतकको शव घटनास्थलमै रहेको र घटनाको कारण, विवादको प्रकृति तथा अन्य पक्षबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : शनिबार, बैशाख २६ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्