लुम्बिनी प्रदेशमा मन्त्रालयको संख्या ८ बनाउने निर्णय

लुम्बिनी प्रदेशमा मन्त्रालयको संख्या ८ बनाउने निर्णय

 

बुटवल । लुम्बिनी प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ । शुक्रवार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले नयाँ आर्थिक वर्ष साउन १ गतेदेखि लागू हुने गरी हाल कायम १२ बाट घटाएर ८ मन्त्रालय कायम गर्ने निर्णय गरको हो ।

लुम्बिनीमा प्रदेशमा शुरुमा ६ मन्त्रालय रहेको भएपनि त्यसपछि ११ हुदै १७ सम्म पुर्याइएको थियो ।

एमाले नेता चेतनारायण आचार्य मुख्यमन्त्री भएपछि मन्त्रालयको संख्या १० बाट १२ पुर्‍याए पनि अहिले उनैले मन्त्रालयको संख्या ८ बनाउने निर्णय गरेका छन् ।

प्रदेश मन्त्रिपरिषद्को बैठकले मन्त्रालय घटाउन प्रमुख सचिव कृष्णप्रसाद काप्रीको अध्यक्षतामा कार्यदल गठन गरेको र कार्यदलको सुझावको आधारमा मन्त्रालयको नाम र कार्य विभाजन टुंगो लगाइने बताइएको छ

प्रकाशित मिति : शुक्रबार, जेष्ठ १ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij