पंचकन्या रूपन्देही सुपरलिगः मेलवर्नद्वारा नेपथ्य तिलोत्तमा पराजित

पंचकन्या रूपन्देही सुपरलिगः मेलवर्नद्वारा नेपथ्य तिलोत्तमा पराजित

भैरहवा, भैरहवामा जारी ‘पंचकन्या रुपन्देही सुपरलिग’ अन्तर्गत ‘ए’ डिभिजनको शुक्रबारको खेलमा मेलवर्न क्रिकेट एण्ड स्पोर्टिङ क्लब विजयी भएको छ । मेलवर्नले नेपथ्य तिलोत्तमा क्रिकेट क्लबलाई ४ विकेटले हराउँदै जित निकालेको हो ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको नेपथ्य तिलोत्तमाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ५६ रन बनायो । उसका लागि कृष्ण भुसालले ३६, विकल अधिकारीले २०, रोशन घिमिरे र लक्ष्मण कुमालले १७–१७, प्रतीक भट्टराईले १३, मौसम ढकालले १२ र सन्दीप यादवले १० रन बनाए । बलिङमा मेलवर्नका रमेश कुर्मीले ३, आरिफ अहमदले २ तथा दीपेश श्रेष्ठ, अशोक धामी र विपिन आचार्यले १–१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको मेलवर्नले ३२ ओभरमा ६ विकेट गुमाएर १ सय ६० रन बनाउँदै सजिलै लक्ष्य पूरा गर्यो र जित हात पार्यो । उसको जितमा असमान थारुले ३४, विपिन आचार्यले अविजित ३३, आदित्य यादव र दीपेश श्रेष्ठले १८–१८, अशोक धामीले १६ र आनन्द गौडले नटआउट १४ रनको योगदान गरे । बलिङमा नेपथ्य तिलोत्तमाका कृष्ण भुसालले ३ तथा सन्दीप यादव, मौसम ढकाल र आशुतोष पाण्डेले १–१ विकेट लिए । खेलमा रमेश कुर्मी प्लेयर अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।

रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट व्याटर, बेस्ट बलर र उदीयमान खेलाडीले जनही ५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय रुपैयाँ प्राप्त गर्ने खेल संयोजक प्रथम पराजुलीले जानकारी दिए ।

प्रतियोगितामा माउण्ट एभरेष्ट कत्था मिलले विजेता र विके ज्वेलर्सले उपविजेता पुरस्कारको प्रायोजन गरेका छन् । यसैगरी सिद्धार्थ उद्योग बाणिज्य संघ, होटल स्टार होलिडे, स्थानीय खेलप्रेमी रविकुमार रौनियार, प्रतीक ट्रेड लिंक र स्थानीय व्यवसायी अमितकुमार गुप्ताले पनि प्रतियोगितालाई प्रायोजन गरेका छन् ।

प्रकाशित मिति : शुक्रबार, जेष्ठ १ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij