बाउन्न किलो अफिम र तीनवटा भरुवा बन्दुक बरामद, तीनजना पक्राउ 

बाउन्न किलो अफिम र तीनवटा भरुवा बन्दुक बरामद, तीनजना पक्राउ 

धादिङ , फरार प्रतिवादीको खोजीमा खटिएको धादिङ प्रहरीले ठूलो परिमाणमा अवैध लागुपदार्थ अफिम र हतियार बरामद गरेको छ। दक्षिणी धादिङको बेनीघाट रोराङ गाउँपालिका–२, होवाङबाट ५१ किलो ९८० ग्राम शुद्ध अफिम बरामद गरिएको हो।

अफिम र अवैध भरुवा बन्दुकसहित सोही ठाउँ बस्ने ३५ वर्षीय वीरबहादुर तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए।

प्रतिवादी खोज्ने क्रममा लागुऔषधको ठूलो कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले तामाङको घरमा खानतलासी गरेको थियो।

प्रहरी नायब उपरीक्षक दाहालले भने, “गजुरी प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक सुरज कार्कीको कमाण्डमा खटिएको टोलीले तामाङको घर र गोठमा छापा मारेको थियो।

खानतलासीका क्रममा बाख्रा बाँध्ने गोठभित्र लुकाएको अवस्थामा ४ फिट ६ इञ्च लामो एक थान भरुवा बन्दुक र दुई थान डिजिटल तराजु फेला परेको थियो।

तामाङ सुत्ने कोठाको ओछ्यान नजिकै पाँच वटा प्लास्टिकका बाल्टीमा भरिएको अवस्थामा अफिम जस्तो देखिने कालो लेदो पदार्थ फेला परेको हो।”

स्थानीय जनप्रतिनिधिहरूको रोहबरमा तौल गर्दा खुद तौल ५१ किलो ९८० ग्राम पुष्टि भएको प्रहरी नायब उपरीक्षक दाहालले बताए। पक्राउ परेका तामाङ यसअघि लागुऔषध मुद्दामा संलग्न रही फरार रहँदै आएका प्रतिवादी हुन्।

बरामद लागुऔषध र हतियारसहित उनलाई इलाका प्रहरी कार्यालय गजुरीमा राखी लागुऔषध र अवैध हातहतियार खरखजानासम्बन्धी मुद्दा दर्ता गरिएको छ। थप अनुसन्धान र कानुनी प्रक्रियाका लागि जिल्ला अदालत धादिङबाट म्याद थप गरी उनलाई हिरासतमा राखिएको छ।

प्रहरीले होवाङबाटै अन्य दुई थान भरुवा बन्दुकसहित २८ वर्षीय विराज तामाङ र सानोकान्छा तामाङलाई आआफ्नै घरबाट पक्राउ गरी थप कारबाही अघि बढाएको छ। दुवै जनालाई आआफ्नै घरबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दाहालले जानकारी दिए।

प्रकाशित मिति : शनिबार, जेष्ठ २ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij