पंचकन्या रूपन्देही सुपरलिगः वेष्टर्न क्रिकेट क्लब विजयी

पंचकन्या रूपन्देही सुपरलिगः वेष्टर्न क्रिकेट क्लब विजयी

भैरहवा,  ‘पंचकन्या रुपन्देही सुपरलिग’ अन्तर्गत भैरहवामा जारी ‘ए’ डिभिजनको शनिबारको खेलमा वेष्टर्न क्रिकेट क्लबले जित हात पारेको छ । वेष्टर्नले जेआर क्रिकेट क्लबमाथि ३ विकेटको जित निकालेको हो ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको जेआरले निर्धारित ५० ओभरमा सबै विकेटको नोक्सानीमा १ सय ७१ रन बनायो । उसका लागि गगन अधिकारीले ५५, विमल भट्टराईले २८, विशाल भुसालले २१, दिनेश विष्टले १९ र अनमोल श्रीस थापाले १७ रन बनाए । बलिङमा वेष्टर्नका सन्देश थापा र अभिशेष गौतमले ३–३ तथा कलम अली मुसलमानले २ र सुझाव थापाले १ विकेट हात पारे ।

जवाफी ब्याटिङ गरेको वेष्टर्नले ३४ ओभरमा ७ विकेट गुमाएर १ सय ७५ रन बनायो र जित निकाल्यो । उसको जितमा देव खनालले ५८, मिर्नाल गुरुङले ३२, अभिषेश गौतमले २१ तथा प्रज्जवल थापा र कलम अली मुसलमानले १९–१९ रनको योगदान गरे । बलिङमा जेआरका दिनेश विष्टले ३, कृष्ण पन्थीले २ तथा अशोक बोहरा र अनमोल श्रीस थापाले १–१ विकेट लिए । खेलमा अभिशेष गौतम म्यान अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।

रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट व्याटर, बेस्ट बलर र उदीयमान खेलाडीले जनही ५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय रुपैयाँ प्राप्त गर्ने खेल संयोजक प्रथम पराजुलीले जानकारी दिए ।

प्रतियोगितामा माउण्ट एभरेष्ट कत्था मिलले विजेता र विके ज्वेलर्सले उपविजेता पुरस्कारको प्रायोजन गरेका छन् । यसैगरी सिद्धार्थ उद्योग बाणिज्य संघ, होटल स्टार होलिडे, स्थानीय खेलप्रेमी रविकुमार रौनियार, प्रतीक ट्रेड लिंक र स्थानीय व्यवसायी अमितकुमार गुप्ताले पनि प्रतियोगितालाई प्रायोजन गरेका छन् ।

प्रकाशित मिति : शनिबार, जेष्ठ २ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij