पंचकन्या रूपन्देही सुपरलिगःजेआर क्रिकेट क्लब विजयी

पंचकन्या रूपन्देही सुपरलिगःजेआर क्रिकेट क्लब विजयी

भैरहवा, रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी ‘पंचकन्या रुपन्देही सुपरलिग’ अन्तर्गत ‘ए’ डिभिजनको मंगलबारको खेलमा जेआर क्रिकेट क्लब विजयी भएको छ । उसले मेलवर्न क्रिकेट एण्ड स्पोर्टिङ क्लबलाई १ विकेटले हराउँदै जित निकालेको हो । हारका बाबजुत मेलवर्न सेमिफाइनल पुगिसकेको छ भने आजको जितले जेआर रेलिगेशनबाट जोगिने झिनो आशा अझै बाँकी छ ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको मेलवर्नले निर्धारित ५० ओभरको खेलमा २६ ओभर ३ बल खेल्दै सबै विकेट गुमाएर जम्मा ९० रन बनायो । उसलाई सस्तैमा रोक्न जेआरका विनय जिसीले ४, अनमोल श्रीस थापाले ३ र दिनेश विष्टले २ विकेट लिए । मेलवर्नका अशोक धामीले २६, आदित्य यादवले २४ र अस्मान थारुले २० रन बनाए । उसका ५ खेलाडी शून्य रनमै पेभेलियन फर्किए ।

जवाफी ब्याटिङ गरेको जेआरले ३० ओभरमा ९ विकेट गुमाएर ९१ रन बनाउँदै जित निकाल्यो । उसको जितमा विशाल भुसालले २७, खडक बोहराले २० र डालबहादुर क्षेत्रीले अविजित १९ रन बनाए । मेलवर्नका अशोक धामी र विपिन आचार्यले ३–३ तथा रामजी कुर्मीले २ र आरिफ अहमदले १ विकेट लिए । खेलमा विनय जिसी प्लेयर अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिताको विजेता टिमले १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट व्याटर, बेस्ट बलर र उदीयमान खेलाडीले जनही ५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय रुपैयाँ प्राप्त गर्ने खेल संयोजक प्रथम पराजुलीले जानकारी दिए ।

प्रतियोगितामा माउण्ट एभरेष्ट कत्था मिलले विजेता र विके ज्वेलर्सले उपविजेता पुरस्कारको प्रायोजन गरेका छन् । यसैगरी सिद्धार्थ उद्योग बाणिज्य संघ, होटल स्टार होलिडे, स्थानीय खेलप्रेमी रविकुमार रौनियार, प्रतीक ट्रेड लिंक र स्थानीय व्यवसायी अमितकुमार गुप्ताले पनि प्रतियोगितालाई प्रायोजन गरेका छन् ।

प्रकाशित मिति : मंगलबार, जेष्ठ ५ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij