पंचकन्या रूपन्देही सुपरलिगः नेपथ्य तिलोत्तमासँग परािजत हुँदा बुद्ध ‘बी’ डिभिजनमा घटुवा

पंचकन्या रूपन्देही सुपरलिगः नेपथ्य तिलोत्तमासँग परािजत हुँदा बुद्ध ‘बी’ डिभिजनमा घटुवा

भैरहवा,  भैरहवामा जारी ‘पंचकन्या रुपन्देही सुपरलिग’मा लिग चरणका खेलहरु सकिएका छन् । लिग चरणको ‘ए’ डिभिजनको अन्तिम खेलमा पराजित हुँदै बुद्ध क्रिकेट क्लब ‘बी’ डिभिजनमा घटुवा भएको छ । बुधबार नेपथ्य तिलोत्तमा क्रिकेट क्लबले बुद्धलाई १ सय १० रनले पराजित गर्दै जित निकालेको छ । हारसँगै बुद्ध रेलिगेशनमा परेको हो ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपथ्य तिलोत्तमाले निर्धारित ५० ओभरको खेलमा ४८ ओभर १ बल खेल्दै सबै विकेट गुमाएर २ सय १७ रन बनायो । उसका लागि प्रतीक भट्टराईले ६२, लक्ष्मण कुमालले ३२, अमन बोहराले २७, मौसम ढकालले २३, कुशल ढकालले १८ र रोशन घिमिरेले ११ रनको योगदान गरे । बलिङमा बुद्धका दिलसाद अली र अमित अग्रहरीले ३–३ तथा हरिकेश मुराउले २ र गौतम केसीले १ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको बुद्धले २१ ओभर १ बलमा अलआउट हुँदै १ सय ७ रन मात्रै बनायो । उसलाई सस्तैमा रोक्न बलिङमा नेपथ्य तिलोत्तमाका लक्ष्मण कुमालले ४, सन्दीप यादव र आशुतोष पाण्डेले समान २–२ तथा प्रतीक भट्टराई र रोशन घिमिरेले १–१ विकेट लिए । बुद्धका अजय त्रिपाठीले ३६, प्रवेज अन्सारीले २०, हरिकेश मुराउले १२ र अमित अग्रहरीले १० रन बनाए । खेलमा लक्ष्मण कुमाल प्लेयर अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।

रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट व्याटर, बेस्ट बलर र उदीयमान खेलाडीले जनही ५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय रुपैयाँ प्राप्त गर्ने खेल संयोजक प्रथम पराजुलीले जानकारी दिए ।

प्रतियोगितामा माउण्ट एभरेष्ट कत्था मिलले विजेता र विके ज्वेलर्सले उपविजेता पुरस्कारको प्रायोजन गरेका छन् । यसैगरी सिद्धार्थ उद्योग बाणिज्य संघ, होटल स्टार होलिडे, स्थानीय खेलप्रेमी रविकुमार रौनियार, प्रतीक ट्रेड लिंक र स्थानीय व्यवसायी अमितकुमार गुप्ताले पनि प्रतियोगितालाई प्रायोजन गरेका छन् ।

प्रकाशित मिति : बुधबार, जेष्ठ ६ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij