सरकारद्वारा निजी स्वास्थ्य संस्थामा स्वास्थ्य बीमा स्थगित

सरकारद्वारा निजी स्वास्थ्य संस्थामा स्वास्थ्य बीमा स्थगित

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले आर्थिक संकट गहिरिँदै गएपछि निजी स्वास्थ्य संस्थामार्फत प्रदान हुँदै आएका स्वास्थ्य बीमासम्बन्धी अधिकांश सेवा स्थगित गर्ने निर्णय गरेको छ

बोर्डको जेठ ११ गते बसेको बैठकले बढ्दो वित्तीय दबाबलाई मध्यनजर गर्दै अर्को निर्णय नभएसम्म निजी स्वास्थ्य संस्थामा आकस्मिक सेवाबाहेकका अन्य स्वास्थ्य बीमा सेवा स्थगित गर्ने निर्णय गरेको हो

बोर्डका अनुसार नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने गैरआकस्मिक सेवा जेठ १६ गतेदेखि लागू हुने गरी बन्द गरिनेछ ।

स्वास्थ्य बीमा बोर्डकी निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिले जारी गरेको सूचनामा सम्बन्धित सबैलाई उक्त निर्णयबारे जानकारी गराइएको छ ।

यस निर्णयपछि स्वास्थ्य बीमा सेवामा आबद्ध सेवाग्राहीले अब निजी अस्पताल तथा स्वास्थ्य संस्थाबाट आकस्मिक सेवाबाहेक अन्य उपचार सेवा बीमा अन्तर्गत तत्काल प्राप्त गर्न नपाउने भएका छन् ।

प्रकाशित मिति : बुधबार, जेष्ठ १३ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij