विश्वविद्यालयका रिक्त उपकुलपतिको लागि १९९ उम्मेदवार प्रतिस्पर्धाका लागि योग्य

विश्वविद्यालयका रिक्त उपकुलपतिको लागि १९९ उम्मेदवार प्रतिस्पर्धाका लागि योग्य

काठमाण्डौ , विभिन्न विश्वविद्यालयको रिक्त उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले माग गरेको दरखास्तमा परेका आवेदकमध्येबाट स्वीकृत उम्मेदवारको सूची सार्वजनिक गरिएको छ ।

शिक्षा तथा खेलकुद मन्त्रालयमा रहेको समितिले ती विश्वविद्यालयका लागि माग गरिएका उम्मेदवारको कागजपत्र छानबिनपछि स्वीकृत उम्मेदवारको नामावली सार्वजनिक गरेको हो ।

विवरणअनुसार त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि ४३, पूर्वाञ्चल विश्वविद्यालयका लागि ३४, पोखरा विश्वविद्यालयका लागि ३३, लुम्बिनी बौद्ध विश्वविद्यालयका लागि १३, कृषि तथा वन विश्वविद्यालयका लागि १३, मध्यपश्चिम विश्वविद्यालयका लागि १७, सुदूरपश्चिम विश्वविद्यालयका लागि १८ र राजर्षि जनक विश्वविद्यालयका लागि २१ जनाको दरखास्त स्वीकृत भएको छ ।

सबै विश्वविद्यालयका लागि प्राप्त २ सय १८ उम्मेदवारले आवेदन दिएकामा १ सय ९९ जना उम्मेदवार प्रतिस्पर्धाका लागि योग्य भएका हुन् । यी उम्मेदवारले प्रस्तुतीकरण र अन्तर्वार्तामा भाग लिनेछन् भने त्यसका आधारमा समितिले मूल्याङ्कन गरी सम्बन्धित विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम कुलपति एवं प्रधानमन्त्रीसमक्ष सिफारिस गर्ने व्यवस्था छ ।

नेपाल खुला विश्वविद्यालयको रिक्त उपकुलपति पदमा यसअघि नै नियुक्ति प्रक्रिया शुरु भइसकेको छ ।

प्रकाशित मिति : बिहिबार, जेष्ठ १४ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij