विद्यालयमा आइतवारको बिदा फिर्ता लिन मेयर्स फोरमको आग्रह

विद्यालयमा आइतवारको बिदा फिर्ता लिन मेयर्स फोरमको आग्रह

काठमाण्डाै – उपत्यका मेयर्स फोरमले विद्यालयमा आइतवार पनि बिदा दिने निर्णय फिर्ता लिन आग्रह गरेको छ । ललितपुरको महालक्ष्मी नगकरपालिकामा बसेको फोरमको बैठकले सरकारले संविधान विपरीत विद्यालयमा बिदा दिने निर्णय गरेको निष्कर्ष निकाल्दै बिदा फिर्ता लिन माग गरेको हो ।

मेयर्स फोरमका अध्यक्ष एवम् ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै आवश्यक परे कानूनी प्रक्रियामा जाने चेतावनीसमेत दिनुभयो ।

शिक्षा ऐनअनुसार विद्यालय वर्षमा २२० दिन सञ्चालन हुनुपर्छ । तर सरकारले अप्रत्याशित रूपमा आइतवार बिदा दिने निर्णय गर्दा अध्ययन–अध्यापन प्रभावित हुने अवस्था सिर्जना भएको उहाँको भनाइ छ ।

सरकारको निर्णयले विद्यालयहरू १९० दिन पनि सञ्चालन गर्न कठिन हुने देखिन्छ । पालिकाले आफ्नो शैक्षिक क्यालेन्डर बनाइसकेको अवस्थामा केन्द्र सरकारले राजपत्रमै सूचना प्रकाशित गरेर निर्णय गर्नु संविधान र शिक्षा ऐनको मर्म विपरीत रहेको महर्जनले बताउनुभयो ।

बैठकले यसको समाधान खोज्न काठमाण्डाै उपत्यका मेयर्स फोरमको सचिवालयलाई अध्ययनको जिम्मा दिइएको छ ।

प्रकाशित मिति : बिहिबार, जेष्ठ १४ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij