कांग्रेसको निष्कर्ष- प्रधानमन्त्री गैरजिम्मेवार भए, बहुमतको बलमा हिँडे

कांग्रेसको निष्कर्ष- प्रधानमन्त्री गैरजिम्मेवार भए, बहुमतको बलमा हिँडे

काठमाडौं

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाह जनताप्रतिको उत्तरदायी र जिम्मेवारी नभएको निष्कर्ष निकालेको छ

आज बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने भन्ने विषयमा पार्टीको बैठकमा छलफल भएको प्रमुख सचेतक वासना थापाले बताइन्।

उनले भनिन्, ‘हिजोको अभ्यास हो। उहाँले आफू आउन नसक्ने कारण बताइदिनुपर्ने थियो। अब प्रधानमन्त्री आउन नसक्ने कारण पनि धेरै म यस्तो काममा व्यस्त छु या मेरो स्वास्थ्य अवस्था ठीक छैन या म बाहिर जाँदै छु भनेर कारण देखाइदिनुभएको भए हुन्थ्यो।’

उनले सत्तापक्ष बहुमतको आधारमा हिँड्न खोजेको आरोप लगाइन्। उनले भनिन्, ‘बजेटमा पनि विगतमा राय सुझाव लिएर अगाडि बढिन्थ्यो, निर्णय सरकार पक्षकै हुन्थ्यो, यसमा दुईमत छैन। तर प्रतिपक्षको कुरा पनि सुनिन्थ्यो। अहिले भने प्रतिपक्षले खोजेको जवाफ प्रधानमन्त्रीबाट पाइरहेको अवस्था छैन, जुन आम जनताले पनि पाउनुपर्ने हो।’

उनले बजेटमा सरकारले भौतिक पूर्वाधारलाई भन्दा पनि स्वास्थ्य र शिक्षा क्षेत्रलाई बढी प्राथमिकता दिनुपर्ने बताइन्।

उनले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन पनि कार्यान्वयन गर्न सरकारसँग माग गरिन्।

उनले भनिन्, ‘कानुनभन्दा माथि कोही पनि हुँदैन। कांग्रेसले कानुनसम्मत हुने प्रक्रियालाई स्वीकार गर्छ। पहिले समात्ने अनि अनुसन्धान गर्ने जस्तो मिडिया स्टन्ट भन्दा पनि सत्य तथ्य छानबिन गरेर कानुनसम्मत रूपमा अगाडि बढ्नुपर्छ। यदि प्रतिवेदनमा उल्लेख भएका कुराहरू सत्य हुन् भने यसलाई अगाडि बढाउनुपर्छ, यसमा हाम्रो पूर्ण समर्थन रहनेछ।

प्रकाशित मिति : बिहिबार, जेष्ठ १४ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij