रुपन्देहीमा अबैध सामान सहित बोइलर कुखुरा बरामद

रुपन्देहीमा अबैध सामान सहित बोइलर कुखुरा बरामद

बुटवल , जिल्ला प्रहरी कार्यालय रुपन्देहीले विभिन्न स्थानबाट अवैध रूपमा भन्सार छली चोरी पैठारी गरिएका करिब ४ लाख १० हजार रुपैयाँ बराबरको सामान, ब्रोइलर कुखुरा र मोटरसाइकल नियन्त्रणमा लिएको छ। प्रहरी टोलीले आइतबार र  सोमबार जिल्लाका विभिन्न स्थानहरूमा चेकजाँच गर्ने क्रममा उक्त अवैध सामानहरू बरामद गरेको हो।

बरामद गरिएका सामानहरू आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय बेलहिया तथा भन्सार कार्यालय बेलहिया पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। प्रहरीले दिएको जानकारी अनुसार सिद्धार्थनगर नगरपालिका(१ स्थित बेलहियाबाट अनुमानित मूल्य २ लाख २६ हजार ४६० रुपैयाँ बराबरको साडी २६ थान, लेडिज सुट २३ थान, लेडिज टप्स ४१ थान, लेडिज लेगिज २६ थान, बेल्ट १६ थान, बम्ब चकलेट १६ डब्बा, चियापत्ती १३ प्याकेट, चकलेट २ पोका, थानको कच्चा कपडा २० मिटर, लेडिज स्याण्डल ११ जोर र करिब १०० केजी विभिन्न प्रकारका तरकारी बरामद गरिएको छ।

यसैगरी, रोहिणी गाउँपालिका(६ विष्णुपुराबाट १४ हजार ५८० रुपैयाँ मूल्य बराबरको १८ वटा जिउँदो ब्रोइलर कुखुरा बरामद भएको छ। त्यस्तै कोटहीमाई गाउँपालिका ३ को सडक खण्डबाट १ लाख ४३ हजार ८ सय रुपैयाँ मूल्य बराबरको ७० वटा ब्रोइलर कुखुरा र कुखुरा ओसारपसारमा प्रयोग गरिएका लु ७ प ८०१५ र लु १० प ३०४१ नम्बरका दुईवटा मोटरसाइकल नियन्त्रणमा लिइएको छ। सोही गाउँपालिकाको वडा नं। ३ मर्यादपुरबाट पनि २५ हजार दुई सय रुपैयाँ मूल्य बराबरको ३० वटा ब्रोइलर कुखुरा बरामद गरिएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक दिनेश बहादुर कुँवरका अनुसार कुल ४ लाख १० हजार ४० रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको हो । सीमावर्ती क्षेत्रमा हुने यस्ता अवैध चोरी पैठारी नियन्त्रणका लागि प्रहरीले निगरानी थप कडा बनाइएको जनाएको छ।

 

प्रकाशित मिति : मंगलबार, जेष्ठ २६ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij