काठमाडौं । सभामुख डोलप्रसाद (डिपी) अर्यालले मनसुन सुरु भएसँगै बाढी, पहिरो तथा डुबानजस्ता विपद्जन्य घटनाबाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि प्रभावकारी तयारी गर्न सरकारलाई रुलिङ गराएका छन्
मंगलबारको प्रतिनिधिसभाको बैठकमा सभामुख अर्यालले विपद् व्यवस्थापनका लागि पूर्वतयारी, राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन र सुरक्षित सवारी आवागमनको व्यवस्था मिलाउन नेपाल सरकारको ध्यानाकर्षण गराएका हुन
उनले भने- ‘यस वर्षको मनसुन सुरु भइ बाढी, पहिरो तथा डुबान जस्ता विपद्जन्य घटनाहरु बढ्न थालेका छन् । यस्ता विपद्जन्य घटनाका कारण हुन सक्ने मानवीय एवं भौतिक क्षति न्यूनीकरणका लागि प्रभावकारी विपद् पूर्वतयारी, राहत तथा उद्धार एवम् सुरक्षित सवारी आवागमनको व्यवस्था मिलाउन म नेपाल सरकारको ध्यानाकर्षण गराउँछु।’
प्रकाशित मिति : मंगलबार, असार ३० २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्