पहिरोले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

पहिरोले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

कालीगण्डकी करिडोर सडक अन्तर्गत गुल्मीको कालीगण्डकी गाउँपालिका-२ स्थित राक्सेमा शुक्रबार बिहान गएको पहिरो । पहिरो गएपछि सडक अवरूद्ध बनेको छ । तस्बिर : जनार्दन घिमिरे / रासस

गलकोट । पहिरोले कालीगण्डकी करिडोरको बागलुङ खण्ड गए रातिदेखि आवतजावत अवरुद्ध भएको छ । जैमिनी नगरपालिका-८ बेलबगर स्थित सो करिडोरमा खसेको पहिरोले सडक अवरूद्ध भएको हो ।

सडक खुलाउन कालीगण्डकी करिडोर आयोजनासँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए । सडक अवरूद्ध भएपछि बागलुङको दक्षिण भेग सडक सञ्जालबाट विच्छेद भएको छ भने बुटवलतर्फका सवारीसाधन बेलबगरमै रोकिएका छन् ।

प्रकाशित मिति : बिहिबार, असार ३२ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij