काठमाण्डौ — आजदेखि ठूलो पानी पर्ने क्रम घट्न थालेको छ । तर केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हिजो, अस्तिजस्तो धेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना छैन, तर केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना कायमै छ ।
आकस्मिक बाढी पहिरोको जोखिम कायमै रहेकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ । आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै ठाउँहरुमा तथा मधेश प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भेगका थोरै ठाउँहरुमा तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगका एक/दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।
प्रकाशित मिति : सोमबार, साउन ४ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्