प्रस्तावित प्रमुख निर्वाचन आयुक्तमा कार्कीको नाम अनुमोदन

प्रस्तावित प्रमुख निर्वाचन आयुक्तमा कार्कीको नाम अनुमोदन

काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की, आयुक्तहरूमा गुरु वाग्ले र डा राजीव सुब्बाको नाम सर्वसम्मत अनुमोदन गरेको छ ।

सिंहदरबारस्थित समितिको आजको बैठकमा प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्की र आयुक्तहरूमा वाग्ले र सुब्बाको नाम अनुमोदन गरेको समितिका सभापति बोध नारायण श्रेष्ठले जानकारी गराए ।

संवैधानिक परिषद्को सिफारिसमा संसदीय सुनुवाइले अनुमोदन गरेपछि उनीहरूलाई राष्ट्रपतिले नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ ।

संवैधानिक परिषद्को गत असार १९ गतेको बैठकले प्रमुख निर्वाचन आयुक्तमा कार्की तथा आयुक्तहरूमा वाग्ले र डा सुब्बाको नाम सिफारिस गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : बुधबार, साउन १३ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij