सुनसरी घटनाप्रति सिद्धार्थ सञ्जाल रुपन्देहीको दुःख, निष्पक्ष अनुसन्धानको माग

सुनसरी घटनाप्रति सिद्धार्थ सञ्जाल रुपन्देहीको दुःख, निष्पक्ष अनुसन्धानको माग

रुपन्देही सिद्धार्थ सञ्जाल रुपन्देहीले सुनसरी जिल्लामा भएको हिंसात्मक घटनाप्रति गहिरो दुःख र चिन्ता व्यक्त गर्दै घटनाको निष्पक्ष, पारदर्शी र प्रभावकारी अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न तथा दोषीलाई कानुनबमोजिम कारबाही गर्न सरकारसँग माग गरेको छ।
सञ्जालका अध्यक्ष अनिलकुमार ज्ञवालीले जारी गरेको प्रेस विज्ञप्तिमा घटनामा ज्यान गुमाएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
विज्ञप्तिमा नेपाल विविध धर्म, जाति, भाषा र संस्कृतिको साझा फूलबारी भएको उल्लेख गर्दै प्रत्येक नागरिकलाई आफ्नो धर्म, संस्कृति र आस्थाको सम्मानपूर्वक अभ्यास गर्ने अधिकार संविधानले सुनिश्चित गरेको जनाइएको छ। कुनै पनि मतभेद वा विवादलाई हिंसा, आगजनी, तोडफोड, घृणा वा भड्काउ अभिव्यक्तिबाट नभई संवाद, सहमति र कानुनी प्रक्रियामार्फत समाधान गर्नु नै सभ्य समाजको पहिचान भएको सञ्जालले जनाएको छ।
सञ्जालले शान्ति सुरक्षा कायम राख्दै सबै समुदायबीच आपसी विश्वास र सद्भाव पुनःस्थापित गर्न सम्बन्धित निकायलाई आवश्यक पहल गर्न आग्रह गरेको छ। साथै वर्तमान परिस्थितिमा अपुष्ट सूचना, अफवाह वा भड्काउ अभिव्यक्ति सामाजिक सञ्जाल वा अन्य माध्यमबाट प्रचार प्रसार नगर्न नागरिक, सञ्चारमाध्यम, सामाजिक अभियन्ता तथा सरोकारवालासँग अनुरोध गरेको छ।
अध्यक्ष ज्ञवालीद्वारा जारी विज्ञप्तिमा सिद्धार्थ सञ्जाल रुपन्देही राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, शान्ति र कानुनी शासनको पक्षमा दृढतापूर्वक उभिने प्रतिबद्धता व्यक्त गर्दै सबै नेपालीलाई संयम, धैर्य र आपसी सम्मान कायम राखी सामाजिक सद्भाव सुदृढ बनाउन सहयोग गर्न अपिल गरिएको छ।

प्रकाशित मिति : बिहिबार, साउन १४ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij