साउन महिनाको तेस्रो सोमबार : पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो

साउन महिनाको तेस्रो सोमबार : पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो

काठमाडौं । चान्द्रमासअनुसार साउन महिनाको तेस्रो सोमबारका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिर सहित देशभरका शिवालयमा दर्शनार्थीको उल्लेखनीय घुइँचो लागेको छ ।

दर्शनार्थीको सहज आवागमन र पूजाआजाका लागि पशुपतिनाथ मन्दिरका चारैवटा ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । साथै, बोलबम यात्रुका लागि विशेष व्यवस्था गरिएको छ भने मन्दिर प्रवेशका लागि चारवटा लामको व्यवस्था मिलाइएको छ

पशुपतिनाथसँगै गोकर्णेश्वर मन्दिर, नागेश्वर मन्दिर, डोलेश्वर महादेव मन्दिर तथा मक्खन महादेव मन्दिर लगायत राजधानीका प्रमुख शिवालयमा पनि बिहानैदेखि भक्तजनको लाम लागेको जनाइएको छ ।

साउन महिनाका सोमबार भगवान् शिवको विशेष पूजा-आराधना गर्ने धार्मिक परम्परा रहेकाले हरेक वर्ष यस अवधिमा देशभरका शिव मन्दिरमा श्रद्धालुको उल्लेखनीय भीड लाग्ने गर्दछ ।

प्रकाशित मिति : सोमबार, साउन १८ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij