लुम्बिनीका हाेटल व्यवसायीलाई एकीकृत गर्दै ‘हान’: साउन २२ गते बुटवलमा विशेष भेला

लुम्बिनीका हाेटल व्यवसायीलाई एकीकृत गर्दै ‘हान’: साउन २२ गते बुटवलमा विशेष भेला

 

बुटवल । आन्तरिक तथा बाह्य पर्यटनको ठुलो सम्भावना बोकेर पनि अपेक्षाकृत लय समात्न नसकेको लुम्बिनी प्रदेशको पर्यटन र आतिथ्य (हस्पिटालिटी) क्षेत्रलाई चलायमान बनाउन व्यवसायीहरू थप सङ्गठित हुन थालेका छन्।

लुम्बिनी प्रदेशभरका होटल तथा पर्यटन व्यवसायीका साझा समस्या समाधान र व्यावसायिक हकहितका लागि होटल एसोसिएसन नेपाल (हान) ले प्रदेशस्तरमै आफ्नो संरचना विस्तार गर्ने भएको छ।

यसैक्रममा हान लुम्बिनी प्रदेशको तदर्थ समिति गठनका लागि आगामी साउन २२ गते अपराह्न ४ बजे बुटवलस्थित हाेटल डेनोभोमा एक विशेष कार्यक्रम आयोजना गरिने भएको छ।

प्रदेशका नयाँ पर्यटकीय गन्तव्यको पहिचान, बजारीकरण र पर्यटकीय सम्पदाको संरक्षण बिना पर्यटन उद्योग तङ्ग्रिन नसक्ने निष्कर्षसहित यो पहल थालिएको हो।

भेला संयोजक चन्द्रप्रकाश श्रेष्ठका अनुसार, निजी क्षेत्र बिच बलियो समन्वय बनाउँदै सरकारसँग नीतिगत पैरवी (Policy Advocacy) गर्नका लागि पनि प्रादेशिक संरचना अनिवार्य भइसकेको छ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन र लुम्बिनी परिपथका पूर्वाधार निर्माणमा देखिएका चुनौतीबिच हुन लागेको व्यवसायीहरूको यो भेलालाई प्रदेशको आर्थिक तथा पर्यटन पुनरुत्थानका दृष्टिले अर्थपूर्ण मानिएको छ

प्रकाशित मिति : मंगलबार, साउन १९ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij