काठमाडौं । न्याय परिषद्ले उच्च अदालतका चार न्यायाधीशको सरुवा सिफारिस गरेको छ । परिषद्को बैठकले न्यायाधीशहरूको सरुवा सिफारिस गरेको उपसचिव कुबेर पाण्डेले जानकारी दिएका छन् ।
उनका अनुसार न्यायाधीश किरणकुमारी गुप्तालाई उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगंज, न्यायाधीश रितेन्द्र थापालाई उच्च अदालत तुलसीपुर, नेपालगंज, न्यायाधीश सुशिल कोइरालालाई उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगंज इजलास, न्यायाधीश दलबहादुर के.सी.लाई उच्च अदालत तुलसीपुर, नेपालगंजमा सरुवा सिफारिस भएको हो ।
प्रकाशित मिति : शनिबार, साउन २३ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्