बुटवल । नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएपछि आफैले वितरण सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देही, निगम, ग्यास उद्योगी र ग्यास विक्रेता संघको निर्णयअनुसार बुटवल र भैरहवामा ग्यास वितरण केन्द्र स्थापना गरी वितरण गरिएको हो ।
यसैबीच बुटवलको वडा नम्बर ६, हाटबजारलाइन स्थित बालमन्दिरमा केन्द्र स्थापना गरी ग्यास वितरण गरिएको छ भने भैरहवामा राष्ट्रिय खाद्य तथा व्यापार कम्पनी लिमिटेडको परिसरबाट वितरण गरिएको छ । आज विहान ९ बजेदेखि ग्यास वितरण सुरु गरिएको निगमले जनाएको छ । नेपाल आयल निगम लिमिटेड लुम्बिनी प्रादेशिक कार्यालयले आवश्यकताका आधारमा लक्षित वर्ग निर्धारण गरी ग्यास वितरण सुरु गरेको हो ।
निगमले विद्यार्थी, अपाङ्ग, वृद्ध, किरियापुत्रीमा बसेका, रातो कार्ड प्राप्त सुकुम्बासी तथा ग्यास नपाई चुल्हो नै नबलेका उपभोक्ताहरूलाई प्राथमिकतामा राखिने बताएको छ । वितरणका लागि बुटवल ग्यास, आरती ग्यास, सिद्धार्थ ग्यास, सिद्धनाथ ग्यास, त्रिशुल ग्यास, जानकी ग्यास, स्वस्तिक ग्यास, चण्डेश्वरी ग्यास र लुम्बिनी ग्यास गरी जम्मा नौ वटा उद्योगका ग्यास सिलिन्डरहरू उपलब्ध गराइने निगमले जनाएको छ ।
बुटवलमा ग्यास वितरण हुने भएपछि विहान ८ बजेदेखिनै उपभोक्ताहरु लाइनमा बसेका थिए । मध्य दिउँसोको चर्को घाममा समेत उपभोक्ता लाइन बसिरहेको छ
प्रकाशित मिति : मंगलबार, साउन २६ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्