आज २७ जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम

आज २७ जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम

काठमाण्डौ – आज बिहानको मापनअनुसार कोशी, नारायणी र यी नदीका सहायक नदीमा जलसतह सतर्कता तह माथि रहेको छ । बागमती, पश्चिम राप्ति, बबई र यिनका सहायक नदीहरूको बहाव सतर्कता तह नजिक रहेको छ र देशका अन्य नदीमा जलसतह सतर्कता तह भन्दा तल रहेको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार आज २७ जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम छ । गोरखा, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, नवलपरासी पूर्व र पश्चिम, डोल्पा, जाजरकोट, रुपन्देही, कपिलबस्तु, म्याग्दी, बाग्लुङ्ग, पर्वत, तनहुँ, स्याङ्जा, पाल्पा, गुल्मी, मुगु, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर, डोटी, हुम्ला र डडेल्धुरासहित आसपासका जिल्ला भई बहने साना नदीमा पानीको बहाव उल्लेख बढ्ने र बाढीको उच्च जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । अरु विभिन्न जिल्लामा पनि बाढीको मध्यम जोखिम छ । महाशाखाले सावधानी अपनाउन आग्रह गरेको छ ।

यसैबीच पोखराको मध्यभाग रामघाटमा सेती नदी थुनिएर ताल बनेको छ । लगातारको वर्षाले सेती नदीमा पानीको सतह बढेपछि रामघाटमा साँघुरो निकासका कारण ताल बन्न पुगेको हो । रामघाटमा ताल बनेपछि नदी तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन कास्की प्रशासनले आग्रह गरेको छ

प्रकाशित मिति : शनिबार, असोज १० २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij