इरान
अमेरिकाले गरेको हवाई आक्रमणमा आफ्ना उच्च सैन्य कमाण्डरको ज्यान गएपछि इरानले त्यसको कठोर बदला लिने बताएको छ ।
इरानका सर्वोच्च नेता आयातुल्लाह अलि खामेनीले अमेरिकाले कठोर बदलाको सामना गर्नु पर्ने बताउनुभएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा इराकको राजधानी बग्दादमा रहेको विमानस्थलमा भएको हवाई आक्रमणमा इरानका उच्च सैन्य कमाण्डर मेजर जनरल कासिम सुलेमानीको ज्यान गएको थियो ।
मेजर जनरल सुलेमानीको मृत्युसँगै इरानसहित मध्य पूर्वमै तनाव उत्पन्न भएको छ । अमेरिका र इरानबीचको सम्बन्धमा थप टकराव ल्याउने र युद्दको अवस्था आउन सक्ने देखिएको विश्लेषण छ ।
प्रकाशित मिति : शनिबार, पुष १९ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्