यथार्थ संकेतपत्र उल्लेखित विउ उत्पादन,प्रशोधन तथा नमुना संकलन तालिमको समापन

यथार्थ संकेतपत्र उल्लेखित विउ उत्पादन,प्रशोधन तथा नमुना संकलन तालिमको समापन

गुल्मी
गुणस्तरीय विउ विजन उत्पादनमा सहयोग गर्ने उदेश्यले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई मकैजोन गुल्मीको आयोजनामा सन्चालन भएको यथार्थ संकेतपत्र उल्लेखित मकै विउ उत्पादन, प्रशोधन तथा नमुना संकलन सम्बन्धि तालिम आज समापन भएको छ । तिन दिन सम्म सन्चालन भएको तालिममा परियोजनाका कृषि अधिकृत समिरसिँह बराइ मगर, ना.प्रा.स.नारायणी गाहा, मदन भण्डारी राजमार्ग योजना कार्यालय,गुल्मीका लेखाअधिकृत भिम खनाल,विउ विजन प्रयोगशाला,भैरहवाका कृषि अधिकृत अनिल चौधरी,कृषि ज्ञान केन्द्र,गुल्मीका प्रमुख सन बहादुर राना, कृषि अधिकृत खुबिराम पोख्रेल,कोष तथा लेखा नियन्त्रण कार्यालय,गुल्मीका लेखा अधिकृत खगेश्वर घिमिरे लगातले प्रशिक्षण दिनु भएको थियो। समापन कार्यक्रम परियोजनाका निमित्त कार्यालय प्रमुख समिरसिँह बराइ मगरको अध्यक्षता, कृषि ज्ञान केन्द्रका प्रमुख सन बहादुर रानाको प्रमुख आथित्यता , कृषि ज्ञान केन्द्रका कृषि अधिकृत खुबिराम पोख्रेल, परियोजनाका नायव सुब्बा कमल पाण्ये लगाएतको आथित्यता, तालिम संयोजक पुष्पा श्रीसको सन्चालनमा भएको थियो भने तालिमका सहभागि कृषक हरि पन्थी ,रेनुका अधिकारीले मन्तव्य व्यक्त गर्नु भएको थियो ।उक्त तालिममा २५ जना कृषकहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : आइतबार, पुष २० २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij