नारायणगढ-बुटवल सडक खण्ड बिस्तार: ४६ हजार रुख काटिदै

नारायणगढ-बुटवल सडक खण्ड बिस्तार: ४६ हजार रुख काटिदै

नारायण शर्मा
पुर्वी नवलपरासी
महेन्द्र राजमार्गअन्तर्गत बुटवल नारायणगढ खण्ड ४ लेनको बनाउन रुख काट्न सुरु गरिएको छ । लोकाह जंगल क्षेत्रमा पर्ने सडकका दुवै किनारका रुख मंगलबारबाट काट्न सुरु भएको हो । रुख काट्न थालिएपछि सडक निर्माण अघि बढ्ने छ । त्यसबाहेक महेन्द्र राजमार्गको मध्यवर्ती क्षेत्रमा पर्ने थप ३ हजार ७ सय ६ वटा रुख काट्ने अनुमतिका लागि निकुञ्जले प्रक्रियाअघि बढाइसकेको बुटवल(नारायणगढ सडक पूर्वी खण्डका प्रमुख इन्जिनियर सुजन अधिकारीले जानकारी दिनुभयो
वन विभागले डिभिजन सडक कार्यालय नवलपरासीलाई एक पत्र पठाएर सडक फराकिलो पार्न ४६ हजार २ सय ९४ हजार रुख काट्ने अनुमति दिएको थियो।
सडक निर्माणको जिम्मेवारी पाएको चाइना स्टेट कन्सट्रक्सन इन्जिनियरिङ कर्पोरेसन सीएससीईसी ले रुख काटेर धमाधम काम गर्ने बताएको छ।

विद्युत् पोल चाँडो सारिने

बुटवल(नारायणगढ खण्डको दायाँबायाँ पर्ने विद्युत्‌का २४ सय वटा पोल हटाउनका लागि पनि टेण्डरको प्रक्रिया सुरु भएको छ। हाल दुई लेनको सडकको दायाँबायाँ पर्ने २४ सय विद्युत् पोल हटाउँदा पछिसम्मका लागि समस्या नआउने गरी प्राधिकरणले ३३ केभी र ११ केभीका ५ वटा सर्किट बनाएर कामअघि बढाउन ५२ करोडको लागत स्टिमेट मूल्यांकन गरेर पठाइएको नेपाल विद्युत्‌ प्राधिकरण कावासोतीका प्रमुख मधुसूधन यादवले जानकारी दिए। उनले पोल सार्ने ठेक्का गरेर आफूहरुसँग समन्वय गरेर राजमार्ग किनारका विद्युत्‌का पोल हटाउने काम चाँडो सुरु गर्ने बताए। उनका अनुसार रुख काट्नासाथ एकतर्फी सडक निर्माण सुरु हुनेछ।
पूर्वी नवलपरासी तर्फको सडक फराकिलो बनाउने काम कावासोती नगरपालिकाको खरकट्टा जंगल क्षेत्र र गैंडाकोटको थुम्सीबाट र गैंडाकोटबाट दाउन्नेसम्मको पहिलो खण्डमा काम सुरु गरिएको हो। ११४ किलोमिटर सडक खण्डको काम दाउन्ने गैंडाकोटबाट र दाउन्ने बुटवल खण्ड गरेर दुई समूहमा बाँडेर एकैचोटी काम सुरु भएको हो। जंगल क्षेत्र पर्ने थुम्सी, कावासोती, चोरामारा, अरुणखोला, दाउन्ने, सुनवल क्षेत्रमा सडक क्षेत्रमा पर्ने रुख कटानको कामका लागि वन मन्त्रालयले ढिलो अनुमति दिँदा काम अघि बढ्न सकेको थिएन।
पहिलो चरणमा पुरानो र साँघुरो सडकमा भएको कल्भर्डलाई भत्काएर नयाँ बनाउन थालिएको छ। कावासोतीको खरकट्टाबाट माटो फिलिङ्गको काम सुरु गरिएको छ। साना खोल्साहरुमा रहेको कल्बट पूर्ण रुपमा प्रतिस्थापन गरिने ९नयाँ कल्भर्ट ० बनाइने छ। रुख कटानको अनुमति अझै नआएकाले अन्यत्रबाट कल्भर्ट र माटो फिलिङ्गको काम सुरु गरिएको योजना प्रमुख सुजन अधिकारी बताउँछन्। राजमार्गमा रहेका साना कल्भर्ड निर्माण धमाधाम भइरहेको छ। यसैगरी पहिलो खण्ड गैंडाकोटदेखि दाउन्नेसम्मको जंगल क्षेत्रमा जनावर ओहोरादोहोर गर्ने जैविकमार्ग निर्माण गरिने भएको छ। जंगली जनावर वारपार गर्नका लागि सडकमुनिबाट ९अन्डरपास० र सडकमाथिबाट ९ओभरपास ० निर्माण गरिने छ। सडकबाट नै जनावर वारपार गर्दा दुर्घटनामा पर्न सक्ने भएकाले जनावरका लागि वैकल्पिक मार्गका रुपमा जैविक मार्ग निर्माण गरिने जनाइएको छ। नारायणगढ –बुटवल सडक आयोजनाको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले लिएको छ। अहिले दुई लेन रहेको नारायणगढ बुटवल सडक खण्डलाई चार लेनको बनाउन लागिएको हो। उक्त खण्डको कामका लागि नेपालले १७ अर्बमा चिनियाँ ठेकेदारलाई ठेक्का दिएको हो। काम द्रूतरुपमा अघि बढाउन ४ स्थानमा साइट अफिस राखेको चिनियाँ कम्पनीले काम अघि बढाएको छ। काम थालेको ४२ महिनाभित्र सडक निर्माणको काम सम्पन्न गर्न पर्ने सम्झौता छ। अब ३९ महिनामा काम सम्पन्न भइसक्न पर्ने समय तोकिएको छ।

प्रकाशित मिति : मंगलबार, पुष २२ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij