मानवअधिकारको सवालमा शिक्षा,स्वास्थय आवासको अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

मानवअधिकारको सवालमा शिक्षा,स्वास्थय आवासको अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

बुटवल,(जनता टुडे)  मानवअधिकारको सवालमा शिक्षा,स्वास्थय आवासको अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि बुटवल उपहानपा– ११ का अध्यक्ष रामचन्द्र क्षेत्रीले मानवअधिकारको क्षेत्रमा काम गरिरहेको इन्सेकले मानवअधिकारको सवालमा शिक्षा,स्वास्थ्य,आवासको विषयमा कार्यक्रम गरेर स्थानीय सरकारलाई घचघचाउने काम गरेकोमा इन्सेकको प्रशंशा गर्नुभयो ।सोंचका परिवर्तन भए मात्र शिक्षा र स्वास्थ्यको अवस्थामा सुधार हुने एक कार्यक्रमका सहभागिहरुले बताएका छन् ।

इन्सेक रुपन्देहीले बुटवलमा आयोजना गरेको मा सहभागी सरोकारवालाहरुले यस्तो कुरा बताएका हुन् ।उहाँ कर्मचारी र शिक्षकहरु मात्र नभएर जनप्रतिनिधिहरु पनि नागरिकमैत्री हुनुपर्ने बताउनुभयो । उहाँले अरुलाई दोष दिने परिपाटीको अन्थ्य गर्नका लागि सबैले आ आफ्नोस्तरबाट लाग्नुपर्ने बताउनुभयो । उहाँले अरुलाई दोष लगाउन सजिलो छ तर आफुको व्यवहार परिवर्तन गर्न सबैभन्दा ठूलो चुनौती भएको बताउनुभयो । उहाँले मान्छेको सोच परिवर्तन नगर्दासम्म परिवर्तनमा समस्या भएकोले दण्डको प्रावधान गरेर अगाडी बढे मात्र सम्बव हुने बताउनुभयो ।

कार्यक्रममा बुटवल उपमहानपाका शिक्षा तथा जनस्वास्थ्यमहाशाखाका स्वास्थ्य शाखा प्रतिनिधी कुन्दन सिंहले स्वास्थ्यको पहिलो सुरुवात बच्चा गर्भमा आइसकेपछि उसले पाउनुपर्ने पहिलो अधिकार भनेको विभिन्न रोगबाट बचाउनका लागि खोप भएकोले यसको अवस्था कस्तो छ त्यसको विषयमा पनि पहिला कुरा उठनुपर्छ । उहाँले डब्लुएचओले निर्धारण गरेको प्रोटोकल अनुसार काम गर्नुपर्नेमा गरेको बताउदै दक्षिण एसियाको सबैभन्दा प्रभावकारी कार्यक्रम क्षयरोगको कार्यक्रम भएको दावी गर्नुभयो । उहाँले अहिले पनि निशुल्क स्वास्थ्य सेवाप्रति नागरिकको विश्वास नबढीसकेको कारण पनि समस्याहरु भएको बताउनुभयो ।
कार्यक्रममा बुटवल उपहानपा शिक्षा शाखाका प्रतिनिधी कोपिला ज्ञवाली सापकोटाले पहिलाको तुलनामा शिक्षा सुधारमा पहल भैरहेको र परिवर्तन एकैपटक सुधार नदेखिने भएकोले अवका केही समयमा सुधारको अनुभूति नागरिकले गर्ने बताउनुभयो । उहाँले शुल्कमा विकृतिका विषयमा धेरै गुनासोहरु आएको र त्यस्ता गुनासोहरुको सम्बोधनका लागि समिती गठन गरी अनुगमन गरी त्यसको समाधानका लागि उपमहानगरपालिकाले चनाखो भएर लागेको बताउनुभयो । उहाँ विद्यालयहरुको समग्र अवस्थाको अनुभगन गर्न सकिएको छैन् त्यसमा पानीको व्यवस्था नभएको र शौचालय सफा गर्ने काम सम्बन्धित विद्यालयको भएकोले त्यस्ता विषयमा नपरपालिकाले नसकेको बताउनुभयो ।

विद्यालयलाई बालमैत्री गराउने विषयमा नपाले मात्र गरेर सम्बभव छैन सबै सरोकारवाला निकायले ध्यान दिनुपर्ने बताउनुभयो । कार्यक्रममा नेपाल अभिभावक संघ बुटवल नगर सचिव भोज बहादुर बुढाथोकीलेशिक्षामा दिइने गुणस्तरको विषय कमजोर भएको र शिक्षामा विकृत्ति र शिक्षामा अभिभावक ठगिने खालका अवस्था पनि रहेको बताउनुभयो । शिक्षाको अनुगमनको लागि जाँदा चर्पी एकदमै हेर्ने नसकिने र विद्यालयमा होस्टेलको अवस्था रवातावरण एकदमै नाजुक रहेकोले यस विषयमा सम्बन्धित निकाय जवाफदेही हुनुपर्ने बताउनुभयो ।

उहाँले इन्सेकले अव वातावरणको अधिकारको विषयमा पनि काम गर्न सुझाव दिनुभयो । बुटवलले बेसहरा व्यक्तिहरुको व्यवस्थापन गरेको राम्रो कामग गरेको प्रशंशा गर्नुभयो ।कार्यक्रममा बुटवल उपहानपा–४ का अध्यक्ष टंक पराजुलीले आफुले आफैलाई चिन्न नसक्दा समस्या भएको भन्दै सबैले आ आफनो क्षेत्रबाट अधिकारसँगै कर्तव्यको पालना गर्ने हो भने समस्या नहुने बताउनुभयो । उहाँले बुटवल उपमहानगर नेपालको सबैभन्दा बढी कानून ४७ वटा कानून निर्माण गर्ने उपमनपा भएकोले अव त्यस कानूनको कार्यान्वयनका लागि सबैले आ–आफ्नो क्षेत्रबाट परिपालना गर्न र गराउनका लागि अगाडी बढेको बताउनुभयो ।
कार्यक्रममा शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रका प्रमुख डाक्टर राजु केसीले पहिलाको तुलनामा विरामीको चाप बढेको र सरकारले निशुल्क प्रवाह गर्ने औषधी समयमा नआउँदा समस्या भएको बताउनुभयो । समयमा औषधी नआउँदा सेवाग्राहीलाई बाहिर किन्नुस भन्नुपर्ने बाध्यता छ त्यस कारण यस विषयमा गम्बीर बन्नुपर्ने बताउनुभयो । उहाँले अस्पतालजन्य फोहोरहरु व्यवस्थापनका लागि पनि समस्या छ ।

कार्यक्रममा जगन्यनाथ बस्यालले बुटवलबासी स्वास्थ्य पानी पिउन नपाएको जसको कारण विभिन्न खालका झाडापाखाला र छालाजन्य समस्याहरु भएकोले यसको समाधानका लागि मानवअधिकार निगरानी समुहले निगरानी गरेर नागरिकको स्वस्थ्य पानी पिउने अधिकारको विषयमा ध्यान दिन आग्रह गर्नुभयो । उहाँले शिक्षाको विषयमा हेर्दा मनपरी शुल्क लिने र नीजि क्षेत्रका विद्यालयमा पनि इन्सेकले अनुगमन तथा निगरानी गर्न आग्रह गर्नुभयो ।

शिक्षामा गुणस्तर कायम
कार्यक्रममा इन्सेक मानवअधिकार निगरानी समितीका सदस्य सञ्जु सुवेदीले निशुल्क स्वास्थ्यको कुरा गरे पनि समयमा औषधी उपलब्ध नहुँदा समस्या भएको बताउनुभयो । उहाँले स्थानीय सरकारले स्वास्थ्य संस्थामा कर्मचारीहरु सेवाग्राहीको अवस्था हेरेर अगाडी बढाउनुपर्ने बताउनुभयो । कार्यक्रममा समाजसेवी आन्नद भट्ट श्रेष्ठले बुटवल उपमहानगरपालिका ३ मा रहेको एउटा सामुदायिक विद्यालय छ तर त्यस विद्यालयको अवस्था एकदमै नाजुक भएको कारण विद्यालय नै विस्थापित हुन्छ की भन्ने चिन्ता भएको बताउनुभयो । उहाँले त्यही वार्डमा पाँच बटा संस्थागत विद्यालयहरु रहेका छन् । ती विद्यालयमा विद्यार्थीको संख्या खचाखच छ । तर त्यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।उहाँले स्थानीय सरकार आइसकेपछि ज्येष्ठ नागरिकको लागि प्रत्येक तीन महिलामा घरमै गएर सेवा दिने कार्यक्रम गरेको छ त्यो प्रशंशायोग्य काम भएको बताउनुभयो । उहाँले पहिला भन्दा अहिले स्वास्थ्यमा नागरिकको पहँुच भएको बताउनुभयो ।
कार्यक्रममा समाजसेवी दिनानाथ भट्टराईले सरकारले बालमैत्री शिक्षालाई केन्द्रित गरेको छ । स्थानीय सरकार आएपछि केही सुधार हुदै आएको महशुश गरेका छौ । आधारभूत तहमा केही फरक परेको छ । केही सामुदायिक विद्यालयहरुले संस्थागत विद्यालयहरुलाई पनि उछिनेको अवस्था छ । यो हाम्रो लागि यो निकै सकारात्मक कुरा हो । उहाँले अझ पनि सामुदायिक विद्यालयमा सुधार गर्नुपर्ने पक्षहरु धेरै छन ती सुधार गर्नका लागि हामी सबैले आआफनो स्तरबाट लाग्नुपर्ने बताउनुभयो ।उहाँले साना साना नानीहरु विद्यालयको शौचालयमा शौच गर्न जाँदा ती बालबालिकाहरुले विभिन्न खालका समस्या भोग्नु परेको छ । उहाँले स्वस्य पानी पिउने नागरिकको अधिकार भएपनि यो समस्या बुटवल जस्तो नगरमा भएको र ८० प्रतिशत रोग पानीकै कारणले हुने भएको र ८० प्रतिशत भन्दा बढी रोगबाट बच्नका लागि पनि स्वस्थ्य पानी पिउँदा हुने भएको बताउनुभयो ।

कार्यक्रममा नागरिक निगरानी समितीका सदस्य सुमित खनालले स्वास्थ्यको हिसावले आवास र खानेपानीको अधिकारका विषयमा कार्यक्रममा बुटवल बहुमुखी क्यापमस प्राध्यापक प्रकाश पौडेलले गुणस्तर शिक्षाका विषयमा अहिले पनि समस्या भएको बताउनुभयो । उहाँले कालिका र होराइजन जस्ता विद्यालयले साना साना विद्यालयमा राम्रो विद्यार्थी लगेर अगाडी बढाएको मात्रै हो । त्यस्ता कुरामा पनि अव अभिभावक,स्थानीय सरकार र प्रदेश सरकारले सोच्नुपर्ने बेला भएको बताउनुभयो । उहाँले अहिले पनि अधिकांश विद्यालयमा बालबालिकाहरुलाई विभिन्न किसिमका यातना दिएर जेलमा बसेको जस्तो अनुभूति गराएको बताउनुभयो । उहाँले शिक्षासित सम्बन्धित विज्ञहरुलाई वोलाएर,शिक्षाका विषयमा यस्ता खालका वसहलाई अझ जोड दिन इन्सेकलाई आग्रह गर्नुभयो । अझ पनि कर्मचारीहरुले आफुलाई सेवक हुँ भन्ने विषयमा अझ पनि स्वीकार गर्न नसकेको बताउदै यी विषयमा अझ ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले समग्रमा हेर्दा स्वास्थ्यमा सुधार पहिलाको तुलनामा भएको बताउनुभयो ।

उहाँले शिक्षा घरबाट सुरु हुने भएकोले अभिभावक शिक्षालाई जोड दिनुपर्ने बताउनुभयो ।कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि रीमा बि।सी।ले इन्सेकको कार्यक्षेत्र, इन्सेकले मानवअधिकारको क्षेत्रमा गरिएका कामहरुको विषयमा जानकारी गराउदै इन्सेकले मानवअधिकारको संरक्षण,प्रवद्र्धन र मानवअधिकार शिक्षा र अभिलेखिकरणका क्षेत्रमा काम गरिरहेको र आर्थिक,सामाजिक र साँस्कृतिक अधिकारका सवालमा जोड दिएको जानकारी दिनुभयो । कार्यक्रमको मानव अधिकार निगरानी समितीका अध्यक्ष कमला भण्डारीको अध्यक्षता र जिल्ला सहजकर्ता विष्णु घिमिरेको संचालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : शुक्रबार, पुष २५ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij