भैरहवा ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. १० का विपन्न परिवारलाई कम्बल वितरण गरिएको छ । जाडो प्रभावित उनीहरुलाई राहतस्वरुप एक÷एक वटा नयाँ कम्बल प्रदान गरिएको हो ।
वडाभित्रका ४६ जना विपन्न व्यक्तिलाई कम्बल प्रदान गरिएको नेपाली काग्रेस नगर समिति सिद्धार्थनगर का कोषाध्यक्ष तथा कार्यक्रम सयोजक राज कुमार गुप्ताले जानकारी दिनु भएको थियो ।
नेपाली कागे्रस जिल्ला कार्य समिति को सहयोग तथा नगर समिति को आयोजनामा उक्त कम्बल वितरण गरिएको संयोजक गुप्ताले जानकारी दिनु भए को छ । आज वडा नम्बर १० सिद्धार्थनगर मा आयोजित एक कार्यक्रमबीच पुर्व रक्षा मन्त्री बालकृष्ण खाण ले जाडो प्रभावित परिवारका सदस्यहरुलाई कम्बल हस्तान्तरण गर्नुभयो ।
त्यसअवसरमा पुर्व मन्त्री खाणले जाडो प्रभावित परिवारलाई न्यानो कपडाको व्यवस्थाले थोरै भए पनि राहत मिल्ने विश्वास व्यक्त गर्नुभयोे । पूर्व रक्षामन्त्री तथा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले सरकारले सूचना प्रविधि विधेयक ल्याएर जनता तर्साउन खोजेको आरोप लगाउनु भएको छ । खाणले भन्नु भयो, ‘सरकारले काम गरेर मुख बन्द गर्न सकेन, अनि विधेयक ल्याएर तर्साउन खोज्यो । लोकतान्त्रिक व्यवस्थामा जनताले आफ्ना विचारहरु पनि व्यक्त गर्न नपाउने गरि सरकारले बिधेयक ल्याएको भन्दै सामाजिक सञ्जाल माथि गर्न लागेको हस्तक्षेपको चर्को बिरोध गर्नु भयो ।
नेपाली काग्रेस रुपन्देही का सभापति अब्दुल रज्जाकले विपन्न परिवारको आवश्यकतालाई महशुस गरेर कम्बल वितरण गरिएको बताउनुभयो उहाँले जाडोमा बालबालिका, वृद्धवृद्धा, बिरामी, गर्भवती महिलालाई विशेष ख्याल राख्न आग्रह गर्नुभयो। कार्यक्रममा नेपाली काग्रेस नगर समिति सभापति दिलिप धिताल, तरुण दल रुपन्देही का सभापति सोम बहादुर गुरुड. लगायत को सहभागिता रहेको थियो ।
प्रकाशित मिति : शनिबार, पुष २६ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्