JanataToday.com

Advertisment

SKIP THIS

खुल्ला जीतगढी म्याराथुनको उपाधी नेपाली सेनाका धावक हरिकुमार रिमाललाई

खुल्ला जीतगढी म्याराथुनको उपाधी नेपाली सेनाका धावक हरिकुमार रिमाललाई

बुटवल ।
नेपाली सेनाको मध्यपश्चिम पृतना बुटवलले गरेको भिक्ट्री म्याराथन एण्ड युनिटि रन प्रतियोगीताको फुल म्याराथन तर्फ नेपाली सेनाका हरिकुमार रिमाल प्रथम भएका छन् । फुल म्याराथनको ४२ किलोमिटर दुरी रिमालले २ घण्टा ३१ मिनेट २ सेकेन्डमा पुरा गर्दे प्रथम भएका हुन् । प्रतियोगीतमा सेनाकै राजन रोकाय द्वितीय भए । उनले २ घण्टा ३२ मिनेट २८ सेकेन्डमा दुरी पार गरेका थिए भने नेपाली सेनाकै कल्याण बाँनियाले २ घण्टा ३७ मिनेट ४ सकेन्डमा दुरी पार गर्दै तृतीय भए ।
महिला तर्फको फुल म्याराथनको उपाधी कान्छिमाया कोजुले जितीन । उनले २ घण्टा ५६ मिनेट ५१ सकेन्डमा दुरी पार गरेकी हुन । द्वितीय नेपाली सेनाकी सरिता वासी भइन । उनले ३ घण्टा १२ मिनेट ५७ सकेन्डमा दुरी पार गरेकी थिइन । तृतिय स्थान एपिएफकी कृष्ण खरी सिन्तकलाले हासील गरीन । उनले ३ घण्टा ३२ मिनेट १६ सकेन्डमा दुरी पार गर्दै तेश्रो स्थान हासिल गरेकी हुन । बिजयी धावकहरुलाइ नेपाल सरकारका उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलले एक सामारोहका बिच पुरस्कार प्रदान गर्नुभयो । फुल म्याराथनमा प्रथम हुनेलाई १ लाख, द्वितीय हुनेलाई ५० हजार र तृतीय हुनेलाई २५ हजार नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको छ ।
प्रतियोगीताको हाफ म्याराथुन २१ किलोमिटरमा पुरुष तर्फ नेपाली सेनाका गजेन्द्र राइ प्रथम भए । उनले १ घण्टा १२ मिनेट २१ सेकेन्ड ५६ पल्समा २१ किलोमिटरको दुरी पार गरेका थिए भने द्वितीय भएका नेपाली सेनाकै रामजी बस्नेतले १ घण्टा १३ मिनेट ९ सकेन्डमा दुरी पार गरेका थिए । तेश्रो पनि सेनाकै मिलन कार्की भए । उनले १ घण्टा १४ मिनेट,१५ सकेन्ड ७६ पल्समा दुरी पार गरेका थिए ।
हाफ म्याराथनको महिला तर्फ नेपाली सेनाकै विश्वरुपा बुढा प्रथम भइन । बुढाले १ घण्टा २६ मिनेट ३३ सकेन्ड १४ पल्समा दुरी पार गर्दै प्रथम भएकी हुन । द्वितीय सेनाकै पुर्णलक्ष्मी न्यौपाने भइन । उनले १ घण्टा ३० मिनेट २५ पल्समा दुरी पार गर्दे दोश्रो हुन सफल भइन । तेश्रो नेपाल प्रहरीकी रेखा बिष्ट भइन । बिष्टले १ घण्टा ३५ मिनेट ३५ सकेन्ड ४४ पल्समा दुरी पार गर्दै तेश्रो स्थान हासील गरेकी हुन । हाफ म्याराथनमा प्रथम हुनेलाइ ५० हजार, द्वितीयलाई २५ हजार र तृतीय हुनेलाई १५ हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ ।
१० किलोमिटरमा पुरुष तर्फ नेपाली सेनाका शिव रायमाझीले ३३ मिनेट १५ सेकेन्डमा पुरा गर्दै प्रथम भए । सेनाकै श्रीकास राइ दोश्रो भए । उनले ३३ मिनेट २५ सकेन्डमा दुरी पार गरेका थिए भने सेनाकै गणेस सिंह ठकुरी तृर्तीय भए । उनले पनि ३३ मिनेट ४४ सकेन्डमा दुरी पार गरेका थिए ।
१० किलोमिटरमा महिला तर्फ नेपाली सेनाकी सानुमाया कार्की प्रथम भइन । कार्कीले उक्त दुरी ४० मिनेट २२ सकेन्डमा पुरा गरीन । सेनाकै सिता सेनले ४३ मिनेट ५३ सकेन्डमा दुरी पार गर्दे दोश्रो भइन । सेनाकै सिता चौधरी तृतीय भइन । उनले ४४ मिनेट ३६ सकेन्डमा १० किलोमिटरको दुरी पार गर्दै तेश्रो पुरस्कार जितेकी हुन । १० किलोमिटमा प्रथम हुनेले १५ हजार, द्वितीयले १० हजार र तृतीयले ५ हजार नगद सहित प्रमाणपत्र पुरस्कार प्राप्त गरेका छन् ।
नेपाल र नेपाली सेनाको ईतिहास प्रबद्र्धन गर्न, नेपाली सेनाले अंग्रेज फौजमाथि बिजय प्राप्त गरेको स्थल बुटवलको जितगढी किल्लाको ऐतिहासिक महत्वलाई उजागर गर्दै प्रचार प्रसार तथा संरक्षण गर्ने उद्देश्यले खुला म्याराथन दौड गरेको मध्यपश्चिम पृतना बुटवलका पृतनापती सिताराम खडकाले बताउनु भयो । म्याराथन मार्फत भिजीट नेपाल २०२० लाइ सफल बनाउन सन्देश प्रवाह हुने पनि उहाँले बताउनु भयो

प्रकाशित मिति : शनिबार, पुष २६ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij