थारुहरुको माग सम्बोधन गर्ने गरि थारु आयोग गठनको पहल गर्ने सांसद विश्वकर्माको प्रतिवद्वता

थारुहरुको माग सम्बोधन गर्ने गरि थारु आयोग गठनको पहल गर्ने सांसद विश्वकर्माको प्रतिवद्वता

जनता टुडे,बुटवल ।
सांसद छविलाल विश्वकर्माले थारुहरुको माग सम्बोधन गर्ने गरि थारु आयोग गठनको पहल गर्ने प्रतिवद्वता जनाउनुभएको छ ।ओमसतया गाउँपालिकामा आयोजित प्रथम खिचडी महोत्सवमा बोल्दै रुपन्देही क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य विश्वकर्माले सबै जातजाती तथा संस्कृतिको संरक्षण आवश्यक रहेको हुदा थारु आयोग स्थापनाको पहलको आश्वसन दिएका हुन । नेपाल १ सय २५ जातजातीहरुको जिवित संग्रहालय भएको उल्लेख गर्दै उहाले यसले अन्य देशमा पनि सकारात्मक सन्देश प्रवाह हुने जिकिर गर्नुभयो । थारुहरु अहिले जुनसुकै थर लेखे पनि पछाडी थारु शब्द राख्न अगुवा थारुहरुले आग्रह गर्नुभयो । अन्य थर लेख्दा थारुको वास्तविक जनसंख्या पत्ता नलाग्ने हुदा आउदो जनगणनामा थारु थर लेखाउन उनिहरुले आग्रह गरेका हुन । यसका साथै राज्य अहिले थारुहरुको माग प्रति सकारात्मक नभएको समेत उनिहरुको आरोप रहेको थियो ।
नया थारु बर्ष २६४४ को अवसरमा थारु कल्याणकारी सभा ओमसतिया गाउँपालिका वडा नम्बर ४ इकाई समितिको आयोजनामा थारु राष्ट्रिय पर्व माघ खिचिडी महोत्सव २०७६ सम्पन्न भएको छ । यस क्षेत्रमै पहिलो पटक आयोजित महोत्सवमा थारु संस्कृति सम्बन्धि बिभिन्न झाँकीहरुको साथै थारु संस्कृतिहरु प्रस्तुत गरिएको थियो ।
थारु कल्याणकारी सभा ओमसतिया गाउँपालिका वडा नम्बर ४ इकाई समितिका अध्यक्ष राम लखन चौधरीको अध्यक्षता तथा रुपन्देही क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा थारु अगुवाहरु देवी प्रसाद चौधरी, नरसिंह चौधरी, रेखा प्रसाद चौधरी लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन अनिल कुमार चौधरी र सचिन थारुले गरेका थिए ।

प्रकाशित मिति : शनिबार, पुष २६ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij