अर्घाखाँची भूमिकास्थान रुपन्देही सम्पर्क मञ्च गठन

अर्घाखाँची भूमिकास्थान रुपन्देही सम्पर्क मञ्च गठन

 

बुटवल, जनता टुडे- अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिकाबाट रुपन्देहीमा आई स्थायी तथा अस्थायी रुपमा बसोबास गर्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकटहरु संगठित भएका छन् । बुटवलमा सम्पन्न प्रारम्भिक भेलाले अर्घाखाँची भूमिकास्थान रुपन्देही सम्पर्क मञ्च गठन गरेको हो ।

अर्जुन गैरेको अध्यक्षता तथा नेकपा स्थायी समिति सदस्य टोपबहादुर रायमाझीको प्रमुख आतिथ्यमा भएको भेलाको सञ्चालन यमप्रसाद गैरेले गर्नुभएको थियो । सो अवसरमा पूर्वउपप्रधानमन्त्री समेत रहेको नेता रायमाझीले परिवर्तित सन्दर्भमा समाजिक रुपान्तरणका लागि पार्टीपंक्ति क्रियाशील हुनुपर्ने बताउनुभयो । संघीय सांसद रायमाझीले भूमिकास्थान नगरपालिकामा निर्माणको क्रममा रहेका तथा प्रस्तावित विकास आयोजनाको बारेमा जानकारी गराउनुभयो ।

प्रदेश सांसद तथा नेकपा प्रदेश कमिटी सचिवालय सदस्य चेतनारायण आचार्यले भूमिकास्थानको विकास तथा त्यहाँका बासिन्दाको समृद्धिका लागि समेत मञ्च क्रियाशील हुनुपर्नेमा जोड दिनुभयो । भूमिकास्थान नगरपालिकाका प्रमुख रेशम थापाले पार्टीगत रुपमा रुपन्देहीमा आएकाहरु संगठित हुनु राम्रो भएको बताउँदै नगरको विकासमा सुझाव दिन आग्रह गर्नुभयो । भूमिकास्थानको विकासका लागि जनप्रतिनिधिहरु प्रतिबद्ध भएर लागेको उल्लेख गर्दै उहाँले यसमा सबैको साथ–सहयोग अपरिहार्य रहेको बताउनुभयो ।

भेलामा पार्टीका केन्द्रीय सदस्य तथा अर्घाखाँची ईञ्चार्ज नजिर मिया, केन्द्रीय सदस्यहरु गिरीधारीलाल न्यौपाने, दधिराम न्यौपाने, नेताहरु तेजबहादुर रायमाझी (विधान), रामप्रसाद बञ्जाडे, जालपा भुसाल, खगेश्वर पन्थी, राजेन्द्र आचार्य, नारायणप्रसाद बञ्जाडेलगायतले बोल्नुभएको थियो । भेलाले अर्जुन गैरे अध्यक्ष तथा यमप्रसाद गैरे सचिव रहेको ४५ सदस्यीय कार्यसमिति चयन गरेको छ । नवगठित कार्यसमितिलाई बधाई दिँदै अतिथिहरुले संगठनलाई क्रियाशील बनाउन सुझाव दिएका थिए ।

प्रकाशित मिति : आइतबार, पुष २७ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij