बुटवल ।
उपभोक्ता हित संरक्षण मञ्च प्रदेश नम्बर ५,उपभोक्ता हित संरक्षण मञ्च नेपाल, लाइभस्टक नेपालको आयोजनामा आगामी माघ ४ गते बुटवलमा खाद्य स्वच्छता सम्बन्धी गोष्ठी हुने भएको छ ।
उक्त गोष्ठीमा बाह्र जिल्लाका उपभोक्ता हित संरक्षण मञ्चका प्रादेशिक सदस्यहरु, केन्द्रीय सदस्यहरु, लाइभस्टक अन्य सरोकारवाला संस्थाहरु, पत्रकारहरुलगायत ४० जना सहभागीहरुको उपस्थितिमा माघ ४ गते बुटवलमा हुने भएको छ ।
यस कार्यक्रममा उपभोक्ता हित संरक्षणको विषयमा दुईवटा कार्यपत्रहरु प्रस्तुत हुनेछन् । उपभोक्ताको हितको विषयमा महत्वपूर्ण योगदान दिनु भएको नर्बु लामा नथाक र डिआर घिमिरेलाई अभिनन्दन गर्ने कार्यक्रम रहेको प्रदेश अध्यक्ष तेजकुमार पाठकले बताएका छन् ।
त्यसरी नै उक्त कार्यक्रमको नेतृत्व, व्यवस्थापन तथा सञ्चालनको जिम्मा अध्यक्ष तथा सचिवलाई दिएको कुरा प्रदेश सदस्य सरस्वती ढकालले बताएकी छन् । कार्यक्रममा प्रदेश अधिकाँश जिल्लाका सदस्यहरुको उपस्थिति थियो । कार्यक्रमको अध्यक्षता तेजकुमार र सचिव दुर्गा गौतमको सञ्चालनमा भएको थियो ।
प्रकाशित मिति : सोमबार, पुष २८ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्