रोटरी स्टार्समा योग र ध्यान विषयमा प्रशिक्षण कार्यक्रम सम्पन्न

रोटरी स्टार्समा योग र ध्यान विषयमा प्रशिक्षण कार्यक्रम सम्पन्न

 

माघ ।
राष्ट्रिय योग दिवशको अवसरमा रोटरी क्लब अफ लुम्बिनी स्टार्सले योग र ध्यान विषयमा एकदिवशिय प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । क्लबको दशौं नियमित बैठकको अवसर पारेर क्लबका पदाधिकारी तथा सदस्यहरुलाई योग र ध्यान विषयमा प्रशिक्षण प्रदन गरिएको हो ।
क्लबका अध्यक्ष रोटरियन यादव प्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा द आर्ट अफ लिभिङ्का योग गुरु विजय श्रेष्ठले योगको महत्व र उपयोगिता तथा ध्यानले मानिसको जिवनमा खेल्ने भूमिकाका सम्बन्धमा जानकारी गराउनु भएको थियो । जिवनमा सबैभन्दा महत्वपूर्ण विषय खुशी रहेको र खुशी प्राप्तीका लागि योग र ध्यानले ठूलो योगदान पु¥याउने बताउदै खुशीसंगसंगै शान्ति र समृद्धि आफै आउने धारणा राख्नु भयो ।
प्रशिक्षक श्रेष्ठले प्रकृति र शरीरको बनावट समेत एकै खालको रहेको हुदा शरीरको मुल्य बुझ्न समेत सहभागिहरुलाई अनुरोध गर्नु भएको थियो ।
कार्यक्रम रोटरियन निरज पाण्डेको स्वागत, रोटरियन विक्रम क्षेत्रीको धन्यवाद ज्ञापन र सचिव रोटरियन मुक्तिराम पन्थीको सञ्चालनमा भएको थियो ।

प्रकाशित मिति : बिहिबार, माघ २ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij