सैनामैना ।
कञ्चन गाउँपालिकाको आयोजनामा तेस्रो कञ्चन प्रतिभा सप्ताह तथा राष्ट्रिपति रनिङ्ग शिल्ड प्रतियोगिता आजदेखि सुरु भएको छ ।उक्त प्रतियोगिताको उदु्घाटन गर्दै प्रदेश ५ सरकारका सामाजिक विकासमन्त्री सुदर्शन बरालले विद्यार्थीहरुको प्रतिभा प्रष्फुटनका लागि खेलसप्ताह उपयुक्त माध्यम हुने भन्दै त्यसैका माध्यमबाट मुलुको आर्थिक समृद्धिमा पनि टेवा पुग्ने बताउनभयो । शिक्षाको विकास विना समृद्धिको कल्पना गर्न नसकिने भन्दै मन्त्री बरालले प्रदेशका सबै स्थानीय तहहरुमा अतिरिक्त क्रियाक्लाप सहित प्राविधिक शिक्षा संचालन गर्ने तयारी भइरहेको बताउनुभयो ।
सोही कार्यक्रममा बोल्दै प्रदेश सभामा नेकपाका मुख्यसचेतक तथा नेकपाका युवा नेता भूमिश्वर ढकालले शिक्षाको विकास विना मुलुकको समृद्धिको कल्पना गर्न नसकिने भन्दै खेलकुदका माध्यमबाट पनि समृद्धिको अभियान प्रभावकारी हुने बताउनुभयो । विद्यार्थीको अन्तरनिहित क्षमतालाई बाहिर ल्याई उनिहरुको प्रतिभा उजागर गर्ने उद्धेश्यले पालिकास्तरीय खेल सप्तह आयोजना गरिएको कञ्चन गाउँपालिका प्रमुख गोकर्णराज क्षेत्रीले बताउनुभयो।
५८ इभेन्टमा प्रतिस्पर्धा
गाउँपालिकाको आयोजनामा तीन बर्षदेखि शुरु भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा तेश्रो कञ्चन प्रतिभा सप्ताह यस बर्ष आजदेखि सुरु भएको हो । प्रतिभा सप्ताहमा बिशेष गरी साहित्य र खेलकुद गरी दुई बिधामा ५८ इभेन्टमा सामुदायिक र संस्थागत बिद्यालयका विद्यार्थीहरु बिच प्रतिस्पर्धा गराइएको प्रतिभा सप्ताह संचालन समितिका संयोजक मेघनाथ शर्माले जानकारी दिनुभयो।
प्रतिभा सप्ताहले बिधार्थीहरुमा आफ्नो प्रतिभा प्रस्फुटन गर्नमा प्रोत्साहन मिल्ने र यस प्रतिभालाई कञ्चनको बिशेष पर्वको रुपमा मनाइने समेत अध्यक्ष क्षेत्रीको भनाई छ । शिक्षाको राष्ट्रिय उद्धेश्यहरु अन्तर्गगत बिधार्थीहरुमा रहेको प्रतिभाहरुको पहिचान गरी ती प्रतिभाहरुको प्रस्फुटन गर्ने र राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका बिभिन्न प्रतियोगिताहरुमा अब्बल प्रतिस्पर्धीको रुपमा तयार गर्नको लागि प्रतिभा सप्ताह कार्यक्रम गर्न लागिएको कञ्चन गाउपालिका शिक्षा शाखाका प्रमुख रमेश भुषालले बताउनुभयो ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा तेश्रो कञ्चन प्रतिभा सप्ताहलाई सफलरुपमा संचालन गर्नको लागि हरैया माध्यमिक बिधालयका प्रधानाध्यापक मेघनाथ शर्माको संयोजकत्वमा ५ सदस्यिय मुल समिति गठन गरिएको थियो । मुल समितिमा कुमारी गहतराज, लेखनाथ पौडेल, जिवराज पौडेल सदस्य रहेका छन यसैगरी शिक्षा शाखाका नारायण पौडेल सदस्य सचिव रहनुभएको छ ।
तेश्रो कञ्चन प्रतिभा सप्ताहका लागि प्रतियोगितामा सहभागिता जनाउन कञ्चनमा रहेका सामुदायिक र संस्थागत गरी ३० बिद्यालय सहभागी भएको प्रचार संयोजक ईश्वरी ज्ञवालीले बताउनुभयो ।
प्रकाशित मिति : बिहिबार, माघ २ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्