पश्चिम नवलपरासीको पाल्ही नन्दनगेर्मीमा आगलागी हुँदा एक घर जलेर नष्ट

पश्चिम नवलपरासीको पाल्ही नन्दनगेर्मीमा आगलागी हुँदा एक घर जलेर नष्ट

रामकरण हरिजन
परासी ।
पश्चिम नवलपरासीको पाल्ही नन्दन गाउँपालिका ५ गेर्मीमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।
गेर्मी प्रहरी चौकीका अनुसार चौकी अगाडि रहेको जटाशंकर तिवारी नाम गरेको मानिसको घर आगलागीबाट नष्ट भएको हो
शुरुमा विद्युत सर्ट भई आगलागी भएको भए पनि घरमा कोही नभएका कारण सिलिण्डर समेत विस्फोट भएको थियो । स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएको छ ।
घरका सबै आफन्तकोमा पाहुना गएका कारण क्षतिको यकिन विवरण भने नआएको गेर्मी प्रहरी चौकीका इन्चार्ज नारायणप्रसाद लुइटेलले जनाएका छन् ।
आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन । आगलागीबाट कच्ची घर जलेर नष्ट भएको हो ।

प्रकाशित मिति : शुक्रबार, माघ ३ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij