सूचना प्रविधि बिधेयकको विरोधमा रुपन्देहीबाट प्रधानमन्त्रीलाई बिरोध पत्र

सूचना प्रविधि बिधेयकको विरोधमा रुपन्देहीबाट प्रधानमन्त्रीलाई बिरोध पत्र

बुटवल,  (जनता टुडे)—सूचना प्रविधि विधेयक फिर्ताको माग गर्दै नेपाली कांग्रेस रुपन्देहीले आइतबार प्रधानमन्त्रीलाइ बिरोध पत्र पठाएको छ । संविधानले सुनिश्चित गरेका नागरिकका मौलिक अधिकारको हनन हुने गरी सरकारले बिधेयक ल्याएको भन्दै काँग्रेसले बिरोध प्रदर्शन सहित प्रशासन मार्फत प्रधानमन्त्रीलाइ बिरोधपत्र पठाएको हो । काँग्रेसको पार्टी कार्यालय भैरहवावाट निस्किएको विरोध जुलुस सहितको र्यालीले वजार परिक्रमा गरी जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी महादेव पन्थलाई बिरोध पत्र बुझायो ।

नेपाली काँग्रेस रुपन्देहीका सभापति अव्दुल रज्जाकको नेतृत्वमा जिल्लाभरीवाट आएका काँग्रेसका नेता तथा कार्यकर्ताको सहभागितामा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई बिरोधपत्र पठाएकोको काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले जानकारी दिए । ज्ञापनपत्र बुझाएपछिको बिरोध सभामा बोल्दै काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले संविधानले नै सुनिश्चित गरेको नागरिकका मौलिक अधिकार बिरुद्ध सरकारले बिधेयक ल्याएकाले काँग्रेसले त्यसको बिरोध गरेको बताए । नागरिक स्वतन्त्रता बिना लोकतन्त्र रहन नसक्ने भएकाले लोकतन्त्रको रक्षाकालागि यस्ता बिधेयक फिर्ता गर्नु पर्नेमा उनले जोड दिए । नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने गरी ल्याइएको बिधेयक नेपाली काँग्रेसले कुनैपनि हालतमा पास हुन नदिने दावी उनले गरे । संविधान पदत्त अधिकार रक्षाकालागि काँग्रेसले जस्तोसुकै आन्दोलन गर्न पछि नपर्ने सभापती रज्जाकले चेतावनी दिए ।


कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीका पुर्व सभापति राचन्द्र ढकाल, प्रेस युनियन रुपन्देहीका सभापति रेखा भुसालले बोल्दै अभिव्यक्ति स्वतन्त्रता नभएको मुलुकमा लोकतन्त्र वलियो र दीगो हुन नसक्ने भन्दै मौलिक हक विरुद्ध ल्याईएका यस्ता बिधेयक तत्काल फिर्ता लिन माग गरे । सरकारले ल्याएको सुचना प्रविधि विधेयकमा सामाजिक सञ्जालमा विचार तथा अभिव्यक्ति लेखेकै भरमा पाँच वर्ष जेल र १५ लाख रुपैया जरिवाना वा दुवै सजाँय सहितको कठोर दण्ड व्यवस्था गरिएको छ । जनअपेक्षा अनुरुप काम गर्न नसकेको सरकारले आफना कमीकमजोरीहरु ढाकछोप गर्नकै लागि बिचार तथा अभिव्यक्ति स्वतन्त्रता नै खुम्च्याउने गरी बिधेयक ल्याइएको भन्दै बिज्ञहरुले समेत यसको बिरोध गरीरहेका छन ।

प्रकाशित मिति : आइतबार, माघ ५ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij