बुटवल ।
नेपाल परिवार नियोजन संघ प्रदेश पाँचको पहिलो अधिवेशनले प्रदेश संयोजकमा बर्दियाका ज्योति पन्थी चयन गरेको छ । संघको बिधानमा प्रदेश संयोजकका मात्रै व्यबस्था भएकाले अधिवेशनले संयोजक चयन गरेको हो ।
शनिबार र आईतबार दुई दिनसम्म बुटवलमा भएको अधिवेशनले केन्द्रीय प्रतिनीधिमा रुपन्देहीबाट दिनेशकुमार जोशी र जमुना ढकाल, दाङ्बाट तिर्थराज सन्तोषी र मायाँ पोखरेल, पाल्पाबाट सुधिरप्रसाद श्रेष्ठ र नवलपरासीबाट सपना अधिकारीलाई चयन गरेको छ । त्यस्तै युवाबाट सुरक्षा गिरीलाई चयन गरिएको नेपाल परिवार नियोजन संघले जनाएको छ ।
नवनिर्वाचित संयोजक तथा प्रतिनीधिहरुलाई बधाई शुभकामना व्यक्त गर्दै नेपाल परिवार नियोजन संघका केन्द्रीय अध्यक्ष हिमाल कसजुले संस्थाले व्यक्ति भन्दा पनि यसले लिएका मुल उद्देश्य अनुसार काम गर्नुपर्ने भन्दै सोही अनुसार अंगाडी बढ्न सुझाव दिनुभयो ।
नेपाल परिवार नियोजन संघको यहि माघ २३ र २४ गते केन्द्रीय अधिवेशनको मिति निर्धारण गरिएको छ । प्रदेश पाँचमा पर्ने जिल्लाहरु रुपन्देही, नवलपरासी, पाल्पा, कपिलबस्तु, दाङ्, बाँके र बर्दियामा शाखा रहेको छ ।
प्रकाशित मिति : सोमबार, माघ ६ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्