घरेलु तथा सना उद्योग महासंघद्धारा एडभान्स व्युटिसियन तालिम

घरेलु तथा सना उद्योग महासंघद्धारा एडभान्स व्युटिसियन तालिम

बुटवल ।
नेपाल घरेलु तथा सना उद्योग महासंघ जिल्ला शाखा रुपन्देहीले नि।शुल्क ४५ दिने एडर्भान्स व्युटिसियन तालिम प्रदान गरेको छ ।रुपन्देहीको तिलोत्तमा नगरपालिको बार्ड नम्बर १ शंकरनगरमा विभिन्न बार्डमा महिलाहरुलाई तालिम प्रदान गरिएको हो
बेसिक कोर्ष बिभिन्न ठाउँमा गरेका महिलाहरुलाई दक्ष व्युटिसियन बनाउने उदेस्यले प्रदान गरीएको तालिममा २५ जना महिलाको सहभागीता रहेको घरेलु तथा सना उद्योग महासंघ रुपन्देहीकी महिला अध्यक्ष मञ्जु भुषालले जानकारी दिईन् ।
उनीहरुलाई शकरनगरमा एक समारोहका बिच प्रमाणपत्र वितरण गर्दे जिल्ला घरेलु कार्यालय रुपन्देहीका निमित्त कार्यालय प्रमुख नारायण प्रसाद आचार्यले सिप आर्जन गरेर आम्दानीबृद्धि गर्दा महिला पुरुष सवै सक्षम बन्ने बताए । उनले कार्यालयले महिला पुरुष सवैलागी बिभिन्न कार्यक्रम लिएको भन्दै आफ्नो क्षमता,योग्यता हरेर सिप सक्निुपर्ने बताए।
कार्यक्रममा नेपाल घरेलु तथा सना उद्योग महासघ प्रदेश संयोजक नेत्र पाठक , महिला संयोजक शान्ती शर्मा,नेपाल घरेलु तथा सना उद्योग महासघ रुपन्देहीका अध्यक्ष कनैन्या लाल कसौधन लगायत बोलेका थिए । एडभान्सव्युटिसियन तालिममा फेसियल,हेयर कटि ,जुरो,स्ट्रेडजुरो,दुलाही सृगार,लगायतका कोर्षमा प्रशिक्षण दिएको छ ।
एडभान्स तालिम लिएपछि व्युटिर्पालर खोल्न सक्ने तथा व्युटिर्पालरमा रोजगारी पाउन सक्ने छन् ।तालिम लिन नगरपालिबाट छनौट भई आएका २५ जनालाई ४५ दिन सम्म सैन्दातीक ज्ञान र व्यावहारीक अभ्यास दिएको थियो ।

प्रकाशित मिति : मंगलबार, माघ ७ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij