मुटु अस्पताल बनाउन तिलोत्तमा नगरपालिकाले १२ बिघा जग्गा दिने

मुटु अस्पताल बनाउन तिलोत्तमा नगरपालिकाले १२ बिघा जग्गा दिने

बुटवल : गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको भवन बनाउन आवश्यक १२ बिघा जग्गा तिलोत्तमा नगरपालिकाले प्रदान गर्ने भएको छ। तिलोत्तमा नगरपालिका र अस्पताल संचालक समितिबीच भएको छलफलमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले अस्पतालको भवन निर्माणको लागि जग्गा दिन आफूहरु तयार रहेको बताए।

बुटवल १० रामनगरमा रहेको वनक्षेत्रको जग्गामा अस्पतालले प्राप्त गर्ने प्रकृया अघि बढिको भए पनि ढिलाइ प्रगति भएको छैन। जग्गा प्राप्तीमा ढिलाई भए अस्पताललाई जग्गा दिन नगरपालिका तयार रहेको नगरप्रमुख घिमिरेले बताएपछि अस्पताल संचालक समितिले सम्भावित जग्गाका विषयमा छलफल गरेको हो।

नगरप्रमुख घिमिरेले विशेषज्ञ सहितको सुविधा सम्पन्न मुटु अस्पताल तिलोत्तमा नगरपालिकामा आउन सके तिलोत्तमा क्षेत्रको विकासमा टेवा पुग्ने बताए। स्वास्थ्य जस्तो अत्यावश्यक र संवेदनशील सेवा घरआंगनमा ल्याउन नगपालिकाले जग्गा व्यवस्थापन र थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

‘तिलोत्तमा नगरपालिका अस्पताल खोल्न सार्वजनिक जग्गाहरु प्रशस्त छन्। त्यस्ता जग्गाको व्यवस्थापन गरी दीर्घकालीन फाइदा लिन मुटु अस्पताललाई उपयुक्त जग्गा उपलब्ध गराइन लागिएको हो’ नगरप्रमुख घिमिरेले भने।

अस्पतालका अध्यक्ष एजाज आलमले अस्पताल संवेदनशील क्षेत्र रहेकोले आम सेवाग्राहीको सहज पहुँच हुने स्थानको जग्गा उपयुक्त हुने बताए। कम्तिमा ५० वर्षको दीर्घकालीन योजनाको साथ अस्पतालको भवन निर्माण गर्ने सोचमा रहेकोले सोही अनुरुप कम्तिमा १२ विघा जग्गा अस्पतालको लागि आवश्यक पर्ने जानकारी दिए।

सरकारले अस्पताल तथा स्वास्थ्य संस्थाहरुको लागि स्वास्थ्य संस्था स्थापना, संचालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धी निर्देशिका २०७० लागू गरी २०७७ सालसम्ममा साही मापदण्डअनुरुप अस्पताल भवन निर्माण तथा संचालन गर्न निर्देशन दिइसकेको छ।

अस्पतालको भवनसंगै हरियाली, पार्किङ, बगैंचालगायतका संरचनाका लागि खाली जग्गा छोड्नुपर्ने भएकोले बढी जग्गा माग गरिएको अध्यक्ष आलमले बताए।

प्रकाशित मिति : शुक्रबार, कार्तिक ३० २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij