सरकारले ल्याएको सूचना प्रबिधि बिधेयक पुर्नलेखन गर्नुपर्ने पर्छ: विपुल पोखरेल

सरकारले ल्याएको सूचना प्रबिधि बिधेयक पुर्नलेखन गर्नुपर्ने पर्छ: विपुल पोखरेल

बुटवल

नेपाल पत्रकार महासंघका कार्यवहाक अध्यक्ष विपुल पोखरेलले सरकारले ल्याएको सूचना प्रबिधि बिधेयक पुर्नलेखन गर्नुपर्ने बताउनुभएको छ । उहाले सरोकारवालाहरुसंग कुनै छलफल नै नगरी सरकारले विधेयक ल्याएर निरंकुुशतातर्फ जान खोजेको आरोप लगाउनुभयो ।
“मिडिया र आम नागरिकलाई नै कुण्ठित पार्ने गरि ल्याइएको सूचना प्रविधि विधेयकले सरकार निरंकुुशतातर्फ जान खोजेको छ,हामी सरकार ढाल्ने होइन,सच्चाउने पक्षमा छौं’ ।
पोखरेलले भन्नुभयो—‘हामीलाई सडकमा जानका लागि बाध्य पारिदैं छ, त्यसका लागि अहिले हामी पूर्व तयारीमा छौं ।
रिपोटर्स क्लब प्रदेश ५ को बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै पोखरेलले सरकारले आम नागरिकको हक अधिकार नै कुण्डित गर्ने मनशायका अघि बढेको दाबि गर्नुभयो । संबिधानमा उल्लेख गरिएका बोल्न पाउने र संगठित हुन पाउने अधिकारनै सरकारले हनन् गरिरहेको भन्दै उहाले अब यसैका बिरुद्ध पत्रकार महासंघ सडकमा आउनुपरेको दाबि गर्नुभयो ।
सरकारले ल्याएका धेरै बिधेयक बिबादित हुनुको कारण के हो ,सरोकारवालासंग किन छलफल नै हुदैन,सबै कुरा सरकारले प्रष्ट पार्नुपर्ने उहाको भनाइ छ । पत्रकार महासंघ आन्दोलनमा रहदा संसदमा पेश भएका र हुने मिडिया सम्बन्धि सबै प्रकारका बिधेयकमा पत्रकार महासंघ र सरोकारवालासंग छलफल गर्ने सहमति समेत दुइतिहाइको सरकारसंग भएको उनले स्मरण गर्नुभयो ।
‘सरकारले प्रतिबद्धता नै उल्लंघन गरेको छ, मिडिया र नागरिकको अभिब्यक्ति स्वतन्त्रता कुण्ठित गरिएको प्रति हामी गम्भिर छौं । ,उहाले भन्नुभयो।‘बिधेयकको दफा ८३ देखि १५५ सम्म हामीले नोटिस गरेका छौं, पुर्नलेखनले मात्रै हुदैन हटाउनैपर्ने भन्दै उहाले गुपचुपमा कानुन ल्याएर नागरिकमाथि दण्डा बर्जान नपाइने बताउनुभयो ।नेपाल बार एसोसिएशन उच्च अदालत तुल्सिपुर बुटवलका अध्यक्ष जोकबहादुर खत्रीले सरकारले ल्याएको मिडिया विधेयकलाई खारेज गर्न माग गर्नुभयो ।
सरकार आफ्नो दम्भमा निरङ्कुशतातर्फ अग्रसर भएको औल्याउदै उनले प्रतिपक्ष दलको भूमिकामा समेत प्रश्न उठाए ।कार्यक्रममा बोल्दै राष्ट्रय समाचार संस्थाका पूर्व अध्यक्ष बालकृष्ण चापागाईले पार्टिगतसंगतले पत्रकारीता भुत्ते भैरहेको टिप्पणी गर्नुभयो ।
निश्पक्ष पत्रकारीतालाई जोड दिदै उहाले सरकारले ल्याएको मिडिया विधेयकले लेखेकै भरमा बोलेकै भरमा जेल जानु पर्ने अवस्था आएकोमा चिन्ता व्यक्त गर्नुभयो ।उहाले सरकारले ल्याएको बिधेयक गलत भएको दाबि गर्नुभयो ।

प्रकाशित मिति : शनिबार, माघ ११ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij