माग पूरा गर्न राममणि क्याम्पसलाई अनेरास्ववियुको एकहप्ते अल्टिमेटम

माग पूरा गर्न राममणि क्याम्पसलाई अनेरास्ववियुको एकहप्ते अल्टिमेटम

तिलोत्तमा-विभिन्न २१ बुँदे शैक्षिक माग राख्दै अनेरास्ववियु राममणि बहुमुखी क्याम्पसले एकसाताभित्र माग पूरा गर्न क्याम्पस प्रशासनलाई अल्टिमेटम दिएको छ ।
सोमबार ज्ञापनपत्र बुझाउँदै अनेरास्ववियुले माग पूरा नभए आन्दोलन गर्ने चेतावनी दिएको हो । संगठनका अध्यक्षद्वय सागर न्यौपाने र योगेश पराजुलीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा वृद्धि गरिएको भर्ना र मासिक शुल्क फिर्ता गरी नयाँ शुल्क निर्धारण गर्न, भवन निर्माणको टेन्डर अन्तिम समयमा रद्द गरिएकाले तत्काल निर्माण कार्यलाई अगाडि बढाउन, इ–लाईब्रेरीको समुचित व्यवस्थापन गरी प्रभावकारिता बढाउन माग गरिएको छ । त्यस्तै लाईब्रेरीबाट सबै विषयका किताब उपलव्ध गराउन, पुराना संस्करणका किताब हटाई नयाँ संस्करणका किताब राख्न, स्टडी जोनका लागि तत्काल जग्गा उपलव्ध गराउन, अतिरिक्त प्रतिभा भएका विद्यार्थीहरुका लागि फरक फरक विधाका शिक्षक राख्न, प्रयाप्त मात्रामा खेल सामग्री उपलव्ध गराउन संगठनले माग गरेको छ ।
क्याम्पसको सभा सम्मेलनमा विद्यार्थी प्रतिनिधि सहभागी गराउन, क्याम्पसको आर्थिक हिसाव पारदर्शी गर्न, हालै विज्ञान संकायका संयोजकसहित टोलीले क्याम्पस छाडेको भन्दै यसको छानविन गरी दोषीउपर कारवाही गर्न, अध्ययनरत विद्यार्थीका निम्ति तिलोत्तमा नगरभित्र यातायात सुविधा तत्काल व्यवस्था गर्न पनि अनेरास्ववियुले माग गरेको छ ।
त्यस्तै ज्ञापनपत्रमा यातायात शुल्क घटाउन, रोकिएको बिबिएस अंग्रेजी माध्यमको भर्ना सुचारु गर्न, क्यान्टिन सर्वशुलभ र व्यवस्थित गर्न, शौचालयको नियमित सरसफाई र मरम्मत गर्न, सबै तलामा जाडोमा तातो पानी र गर्मीमा चिसो पानीको व्यवस्था गर्न, गुणस्तरीय शिक्षक राख्न, शिक्षकहरुको अनुशासनमा ध्यान दिन, प्राथमिक उपचारसँगै औषधि समेत उपलव्ध गराउन र क्यूएए प्राप्तिका लागि भनेर बनाइएका संरचना देखावटी भएकाले उक्त संरचनालाई क्याम्पसको समग्र हितमा प्रयोग गर्न माग गरिएको छ ।

प्रकाशित मिति : सोमबार, माघ १३ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij