तिलोत्तमा नगरको जनतासगं नगरप्रमुख कार्यक्रम सम्पन्न

तिलोत्तमा नगरको जनतासगं नगरप्रमुख कार्यक्रम सम्पन्न

तिलोत्तमा ।
रुपन्देहीको तिलोत्तमा नगरपालीका हरेक हिसाबले अघि बढेको भन्दै स्थानियले खुसी ब्यक्त गरेका छन । नगरका हरेक बिकाशका काम तिब्र रुपमा अघि बढेको भन्दै सर्बसाघरणले हरियाली प्रबद्धनमा नगरले देखाएको चासो प्रती खुलेर प्रससां गरेका हुन । रेडियो लुम्बिनीको आयोजना तथा तिलोत्तमा नगरपालीको सहयोगमा तिलोत्तमा८को करहिया मक्रहर खानेपानीको हलमा आयोजना गरिएको जनतासगं नगरप्रमुख कार्यक्रममा बक्ताहरुले सो बिषयमा जोड दिएका हुन ।
कायक्रममा बडाबासीले उठाएका जिज्ञासालाई सम्बोधन गर्दै नगरप्रमुख बासुदेब घिमिरेले तिलोत्तमाको समग्र बिकाशका लागी आफुहरु अहोरात्र खटीएको भन्दै सुन्य पोलीथिन अभियानले मुर्तरुप लिदै गएको बताउनुभयो । उहाले नगरमा प्लास्टीकका झोला, गिलास , चम्चा र पिलेट प्रयोग कानुन बिपरित भएकाले आग्रह गर्दापनी नमान्ने जो कोहीलाई कारबाही गरिने दावी गर्नुभयो । घिमिरेले छाडा चौपाया अहीले पनी नगरकालागी समस्या भएको भन्दै चौपाया छोडने जो कोहीलाई कारबाही गर्ने स्पष्ट पार्नुभयो । उहाले चौपाया छोडनेको नाम नगरपालीका तथा बडामा दिन सर्बसाधरणलाई आग्रह समेत गर्नुभयो ।कार्यक्रमलाइ सम्बोधन गर्दै नगर उपप्रमुख जागेश्वरी चौधरीले नगरपालीकाले जिबिको पार्जन हुने गरि तालीमहरु सन्चालन गरिरहैको भन्दै त्यसमा सहभागी हुन आग्रह गर्नुभयो । उहाले जनतासगं हिजो गरेका बाचाहरु पुरागरि छाडने बताउनुभयो । तिलोत्तमा नगरपालीका वडा न ८ का वडा अध्यक्ष कृष्ण प्रसाद पोैडेलले बडाको समग्र बिकाशका लागी काम भैरहेको भन्दै छाडा चौपाया छोडने कसैलाई नछोडीने चेतावनी दिनुभयो । रेडियो लुम्बिनीका कोषाध्यक्ष अर्जुनराज उपाध्यायको स्वागतमा भएको कार्यक्रमको सन्चालन रेडियो लुम्बिनीका कार्यक्रम संयोजक सन्चालक प्रकाश गौतमले गर्नु भएको थियो

प्रकाशित मिति : सोमबार, माघ १३ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij