बुटवल
उपप्रमुख सुत्केरी तथा गर्भवती भेटघाट कार्यक्रम अन्तर्गत बुटवलले मुलुकमै नौलो कार्यक्रम सञ्चालन गर्दै आएको छ । सोही क्रममा आज बुटवल१४, सेमलारको स्वास्थ्य चौकीमा सुत्केरी हुन आएका महिलाहरुलाई भत्तासहित पोषण सामग्री प्रदान गरिएको छ ।
उपप्रमुख गुमादेवी आचार्यले चालु आवको पहिलो चरणमा त्यस क्षेत्रका १७ जना सुत्केरीलाई पोषण सामग्री प्रदान गर्नुभएको हो । गत मंसिरदेखि यता स्वास्थ्य संस्थामा सुत्केरी हुन आएका ती महिलालाई आज संयुक्तरूपमा उक्त सामग्री प्रदान गरिएको थियो ।
त्यसअवसरमा उपप्रमुख आचार्यले शिसु र आमा दुबैको स्वस्थ्य तथा पोषणलाई संवेदनशील मानेर बुटवलले सुत्केरी एवम् गर्भवती भेटघाट कार्यक्रम सुरु गरिएको बताउनुभयो ।
वडाअध्यक्ष दधिराम न्यौपानेले वडामा ज्येष्ठ नागरिकको घरदैलोमा पुगेर स्वास्थ चेकजाँचदेखि सचेतनाका कार्यक्रम पनि सञ्चालन गरिएको बताउनभयो । स्वास्थ तथा जनसंख्या महाशाखाका गीता पाण्डे तथा स्वास्थ चौकीका राजन गिरीलगायतले नियमित स्वास्थ्य सेवा लिन आउने गरि प्रोत्साहनका कार्यक्रमसमेत सञ्चालन गरिएको बताउनुभयो ।
प्रकाशित मिति : आइतबार, माघ २६ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्