कपिलवस्तुको छैठौं नगरसभा सम्पन्न

कपिलवस्तुको छैठौं नगरसभा सम्पन्न

तौलिहवा ।
कपिलवस्तु नगरपालिकाले सोमबार छैठौं नगर सभा सम्पन्न गरेको छ । सोमबार नगरपालिकामा सम्पन्न भएको नगर सभामा कपिलवस्तु नगरपालिकाको शिक्षा ऐन २०७६ सर्वसम्मत ढंगले पारित भएको छ ।
सामाजिक विकास समितिका संयोजक प्रकाश गैरेले उक्त ऐन पेश गरेका थिए । संविधानले माध्यमिक शिक्षा सञ्चालन गर्ने अधिकार स्थानीय तहलाई दिएको छ । सोही कानुनी अधिकारलाई टेकेर नगरपालिकाले शिक्षा ऐन बनाएको हो । केन्द्रिय शिक्षा ऐन र नेपालको संविधानसंग नबाझिने गरी नयाँ शिक्षा ऐन बनाएर पारित गरेको प्रकाश गैरेले बताए ।
यो अवसरमा नगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विमलराज आचार्यले नगरपालिकाले हाल सम्म समपादन गरेका कार्यहरुको बारेमा सभामा जानकारी दिएका थिए ।
खुल्ला दिसा मुक्त घोषणा, वालमैत्री वडा घोषणा,४ वटा वडा कार्यालय र नगरको कार्यालय तल्ला निर्माण कार्यमा तिब्रता, बैक मार्फत सामाजिक सुरुक्षा, फुसको घर विस्तापित योजना, सडक निर्माण लगायतका बारेमा प्रगती प्रतिवेदन पेश गरेका थिए ।
सभामा नगर सभा सदस्यहरुको जिज्ञासालाई सम्बोधन गर्दै नगर प्रमुख किरण सिंहले शिक्षा ऐन अनिवार्य रहेको भएकोले सबैको राय, सुझाव र सल्लाह बमोजिम ल्याएको प्रष्ट पारे । साथै नगरपालिकाको संसोधित आयव्याय सल्लाहा सुझाव सहित र परिमार्जन सहित नगर प्रमुख किरण सिंहले पारित गराए ।
संसोधन सहति कपिलवस्तु नगरपालिकाको आर्थिक वर्षको बजेट रु ९५ करोड ७३ लाख ७६ हजार ८ सय ३८ सभा बाट पारित गरिएको छ । स्थानीय जनताका आवश्यकतालाई मध्य नजर गर्दे योजनाहरुमा थप घट गरिएको समेत सिंहले बताए । प्रत्येक आवमा स्थानीय तहले बर्खे र हिउँदे सभा गर्नुपर्ने कानुनी प्रावधान छ । बर्खे सभामा नयाँ आवको साथै हिउदे सभामा बर्खे सभाले ल्याएका कार्यक्रम तथा बजेटलाई सामान्य हेरविचार गर्ने चलन छ ।
नगरपालिकाले विभिन्न स्थानीय सरकारका योजना तथा संघिय सरकारका समपुर योजनामा संसोधन समेत गरेको छ । सामाजिक विकास अधिकृत पदमराज श्रेष्ठको स्वागत र वडा अध्यक्ष मोहनराज शर्माको स्वागतमा सभा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : सोमबार, माघ २७ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij