काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले शानदार प्रदर्शन गरेकाे छ। किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा अमेरिका ३५ रनमा प्याक भएकाे छ। नेपालका लागि सन्दीप लामिछानेले ६ विकेट लिए भने सुशन भारीले चार विकेट लिएका छन्। नेपालका लागि सन्दीपले इयान होल्याण्डलाई पेभिलियन फर्काएका थिए। दोस्रो विकेट भने सुशन भारीले लिए। अमेरिकको तेस्रो विकेट सन्दीपले नै लिए। चाथो विकेट सुशनका नाममा रहँदा क्रमश पाँचौ र छैठौं विकेट सन्दीपको नाममा रहयो। त्यस्तै सातै र आठौं विकेट भारीले लिए। नवौं विकेटका सन्दीपकै नाममा रहयो। अर्को विकेटपनि सन्दीपले नै लिए। भारीले ३ ओभर बलिङ गर्दै एक मेडनसहित मात्र पाँच रन दिए। सन्दीपले ६ ओभर बलिङ गर्दै एक मेडन ओभरका साथ १६ रन दिए। अमेरकाका लागि जेभियर मार्शलको १६ रन बाहेक अन्य कुनैले दोहोरो अंक बनाएनन्। अमेरिकाका चार खेलाडी शून्य रनमा आउट भए। जारी एकदिवसीय शृंखलामा नेपाल र अमेरिकाको यो चौथो खेल हो। यसअघि अमेरिका ओमानसँग पहिलो खेलमा ६ विकेट र दोस्रो खेलमा ९२ रनले पराजित भएको थियो भने नेपालसँग ३५ रनले पराजित भएको थियो। नेपाल पहिलो खेलमा ओमानसँग १८ रन र दोस्रो खेलमा आठ विकेटले पराजित भएको थियो। नेपालले आज टोलीमा एक खेलाडी परिवर्तन गरेको छ। ओमानविरुद्धको पछिल्लो खेलमा खेलेका कमलसिंह ऐरीको स्थानमा ललित राजवंशीलाई टोलीमा समावेश गरेको छ।
प्रकाशित मिति : बुधबार, माघ २९ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्