JanataToday.com

Advertisment

SKIP THIS

अमेरिकामाथि नेपालको शानदार जित

अमेरिकामाथि नेपालको शानदार जित

काठमाडौं – स्पीनरद्वय सन्दीप लामिछाने र सुशन भारीले उत्कृष्ट बलिङ गर्दै १० विकेट लिएको खेलमा नेपालले अमेरिकालई पराजित गर्दै आइसीसी क्रिकेट वर्ल्ड कप लिगमाको पहिलो सिरिजमा दोस्रो जित हात पारेको छ ।
त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले अमेरिकालाई८ विकेटले पराजित गरेको हो । कीर्तिपुरस्थित टीयू मैदानमा सन्दीपले ६ र सुशनले ४ विकेट लिएपछि नेपालले अमेरिकालाई १२ ओभरम ३५ रनमा अलआउट गरेको थियो । अमेरिकाका लागि ओपनर जेभियर मार्ससले १६ रन बनाए भने बाँकी खेलाडीले दोहोरो अंककमा रन छुन सकेनन् । नेपालका लागि सन्दीप लामिछानेले ६ ओभरमा १ मेडन राख्दै १६ रन खर्चेर ६ विकेट लिए । सुशनले ३ ओभरमा १ मेडन राख्दै ५ रन खर्चेर ४ विकेट लिए ।
नेपालले सामान्य लक्ष्य पछ्याउने क्रममा दुवै ओपनर ज्ञानेन्द्र मल्ल र सुवास खकुरेलललाई दोस्रो ओभरमै गुमाएको थियो । तर पूर्व कप्तान पारस खड्का र उपकप्तान दीपेन्द्र सिंहले तेस्रो विकेटका लागि ३४ रनको साझेदारी गर्द नेपाललाई जित दिलाए । पारसले अविजित १५ दीपेन्द्रले अविजित १५ रन बनाए । अमेरिकाका लागि नासथुस केन्जिगेले २ विकेट लिए 

प्रकाशित मिति : बुधबार, माघ २९ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij