तिलोत्तमा
रुपन्देहीको तिलोत्तमा नयांमिलमा सिलिण्डर ग्यांस वोकेको वोलेरो पिकअप पल्टिंदा चालकको मृत्यु भएको छ । अन्य २ जना घाईते भएका छन्। बुटवलवाट भैरहवातर्फ जांदै गरेको लु १ च ३८२६ नम्बरको वोलेरोले अनियन्त्रित हुंदा लु १९ प ५३६३ नम्बरको मोटरसाइकलसालाई ठक्कर दिएको थियो । ठक्करपछि बोलेरो पल्टिएको थियो । बोलेरोका चालक गम्भिर घाइते भएपछि मणिग्रामस्थित क्रिमशन अस्पतालमा उपचारकालागि लगिएको र उपचारका क्रममामृत्यु भएको इलाका प्रहरी कार्यालय मंगलापुरले जनाएको छ । मृत्यु भएका चालक दाङ घर भएका चालक वर्ष ३० का आसकुमार चौधरीको रहेको प्रहरीले जनाएको छ । आईतवार दिउसो सवा ४ वजे भएको दुर्घटनामा पाल्पा जिल्ला तिनाउ गाउपालिका १ का मोटरसाईकल चालक ४७ वर्षिय कमलप्रसाद पोखरेल र सोही मोटरसाईकलमा सवार वर्ष ३५ का कृष्ण खड्का घाईते छन्। घाईते दुवै जनाको क्रिमशन अस्पताल मणिग्राममा उपचार भैरहेको छ ।
प्रकाशित मिति : आइतबार, फाल्गुन ४ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्