कांग्रेस सभापति देउवालाई प्रश्नै प्रश्न !

कांग्रेस सभापति देउवालाई प्रश्नै प्रश्न !

विराटनगर : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी संघ (नेविसंघ) को विवाद समाधान भइसकेको दावी गरेका छन् । यहाँ प्रेस युनियन जिल्ला शाखा मोरङले आयोजना गरेको अन्तक्र्रियामा मंगलबार बिहान बोल्दै सभापति देउवाले नेविसंघको विवाद समाधान भइसकेको र निर्वाचित पहिलो समिति भएकाले काम गर्न मौका दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा उनले मंसिर २८ गतेका लागि तोकिएको महासमिति बैठक पछाडि नधकेलिने कुरामा आफु ढुक्क रहेको बताए । महासमितिको बैठकबारे मिति तोकिसकिएको हुनाले अब पछाडि फर्कन सकिदैन र सञ्चारमाध्यममा आएका कुरामा आफूले ध्यान नदिएको उनले स्पस्ट पारे ।

कोइराला परिवार बीचको एकताले सभापति देउवा अत्तालिए भन्ने प्रश्नमा उनले पार्टीभित्र मेलमिलाप हुनु राम्रो भएको र तीन कोइरालाको एकताले पार्टी अझ मजबुत हुने धारणा ब्यक्त गरे ।

सोही क्रममा वर्तमान सरकारअघि प्रमुख प्रतिपक्षि दलको भूमिका कांग्रेस फितलो अवस्थामा रहेको भनाइलाई स्वीकार गरेका सभापति देउवाले भने, ‘विगतमा एमालेले गरेझै ४५ दिनसम्म सदन अवरुद्ध गर्नु राम्रो हो र ? जिम्मेवार प्रतिपक्षीको भूमिकामा रहेर हामीले ठाउँठाउँमा कार्यक्रम गरिरहेका छांै ।’

त्यसैगरी केही समयअघि तत्कालिन फोरम लोकतान्त्रिक पार्टीका अध्यक्ष विजयकुमार गच्छदारलाई एकतापछि विधान विपरीत बहुमतको आधारमा उपसभापति बनाइएको भन्ने सन्दर्भमा उनले भने, ‘दुईवटा पार्टी मिलेपछिको सहमतिको कुरा हो र यो राजनीतिक निर्णय हो । त्यसैले विधानमा नभएको कुरालाई सहज अवतरण गराएका हौं । सहमतिका कुर्दाकुर्दा ढिलो भयो, त्यसैले पार्टी बहुमतको आधारमा नियुक्तीमा लागेको हो ।’

पार्टी भित्र चर्को गुट उपगुट रहेको र त्यसलाई समाधान गर्न सभापतिले जिम्मेवारी भूमिका वहन गर्न नसकेको प्रश्नमा सभापति देउवाले ‘कांग्रेसमा आन्तरिक प्रतिस्पर्धा छ । तर, यसले बोलीचाली नै बन्द गराइसक्यो । जित र हारबीच बोलचाल नै छैन भन्ने हैन ।’

पार्टी भित्रको गुटउपगुटलाई स्वाभाविक मान्नुपर्ने बताएका उनले भने, ‘प्रजातान्त्रिक पार्टी हो यसैले यस सहमत असहमत पक्ष हुन्छ । त्यसैले यस विषयलाई स्वभाविक मान्नु पर्छ ।’

सञ्चारकर्मीसंगको अन्र्तिक्रया पूर्व देउवा र केन्द्रीय सदस्य डा. शेखर कोइरालाबीच करिब २५ मिनेट गोप्य कुराकानी समेत भएको छ ।

सोमबार बेलुका विराटनगर आएका सभापति देउवा प्रदेश नम्बर एकस्तरीय महाधिवेशन प्रतिनिधी प्रशिक्षण भेलामा सहभागि हुने र मंगलबारै काठमाडौं फर्कने कार्यक्रम छ ।

प्रकाशित मिति : मंगलबार, मंसिर ४ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij