सरकार असफलता तर्फ उन्मुख : कांग्रेस नेता सिंह

सरकार असफलता तर्फ उन्मुख : कांग्रेस नेता सिंह

प्यूठान : पुर्व उपप्रधानमन्त्री एवम् कांग्रेस नेता प्रकाशमान सिंहले वर्तमान सरकार असफल सावित भएको टिप्पणी गरेका छन् ।

सरकार गठन लगत्तै यातायात सिण्डिकेट खारेज, सुन तस्कर प्रकरणका ठुला माछा कारबाही, पानिजहाज सञ्चालन, बिद्धुतिय रेल लगायतका भाषण गर्दै सरकारले प्रचारमुखी काम मात्र गरेको उनले आरोप लगाए ।

नेपाल प्रेस युनियन प्यूठान शाखाको आयोजनामा प्यूठानको वाग्दुलामा गरिएको पत्रकार भेटघाट कार्यक्रममा नेता सिंहले कांग्रसकै नेतृत्वमा जनताले संबिधान पाएपनि संबिधानको संथागत गर्ने कार्यमा बर्तमान सरकार चुकेको बताए ।

“सरकारले संघिय कानुन निर्माणमा गरेको ढीलासुस्तीले सबै प्रदेश र स्थानीय तहको कामकारबाही प्रभावित भएको, शान्ति सुरक्षा प्रभावकारी हुन नसक्दा आपराधिक गतिविधि बढ्दै गएको, बैदेशिक सम्बन्ध समेत कम्जोर बन्दै गएको, सरकारी बजेटको सहि सदुपयोग गर्न र उचित खर्चमा ध्यान नदिई मन्त्री तथा उच्च अोहोदाका व्यक्तिको सेवा सुबिधामा केन्द्रीत भएकोक गर्दा नेपाल सरकारले व्यवस्थापन पक्ष, र तयारी बिनानै गरेकाले त्यतिबेला देखिनै अन्तर्राष्ट्रिय सम्बन्ध निगारिसकेको आरोप समेत लगाए ।

“नागरिक स्तरबाट उठेको आवाजमा मात्र प्रतिपक्ष बोल्छ तर सहि प्रतिपक्षको भुमिकामा कांग्रेस कम्जोर भएको हो त ?” भन्ने प्रश्नमा नेता सिंहले अहिले कांग्रेस आफ्नै पाटीको सुदृढीकरणमा लागेकाले नागरिक समाजले उठाएका एजेण्डामा बढि केन्द्रित भएको बताए ।

प्रकाशित मिति : मंगलबार, मंसिर ४ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij