अपाङ्गता मैत्री शासान निर्माणमा स्थानिय तहको भुमिका विषयक कार्याशाला सम्पन्न

अपाङ्गता मैत्री शासान निर्माणमा स्थानिय तहको भुमिका विषयक कार्याशाला सम्पन्न

बुटवल ।नेत्रहिन युवा संघ नेपाल र नेत्रहिन युवा संघ नेपाल रुपन्देहीको संयुक्त आयोजना र शिक्षा विकास तथा संमन्वय ईकाई रुपन्देहीको संमन्वयमा अपाङ्गता मैत्री शासन प्रणाली विकासका निम्ती स्थानिय तहको भुमिका विषयका गोष्ठी सम्पन्न भएको छ । नेत्र हिन युवा संघ रुपन्देहीका अध्यक्ष टिकाराम पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेहिन यु्वा संघ नेपालका केन्द्रीय अध्यक्ष कलाधर भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा शिक्षा विकास तथा संमन्वय ईकाई कार्यलय रुपन्देहीका प्रमुख दिपेन्द्र ढकालको विशिष्ठ आतिथ्यता रहेको थियो ।
रुपन्देहीमा जिल्लामा अपाङ्गता विशेष शिक्षा सञ्चालन गरिरहेका विद्यालयका प्रधानाध्यापक तथा संयोजकहरु, रुपन्देही जिल्लाका स्थानिय तह शिक्षा विकास शाखा प्रमुख तथा दृष्टिविहिन विद्यार्थी र सरोकारवालाहलाहरुको सहभागीतामा भैरहवामा कार्यक्रम सम्पन्न भएको हो ।
नेत्रहिन युवा संघ रुपन्देहीका उपाध्यक्ष जीवन पौडेलको स्वागत र अनिता सिग्देलको सञ्चालनमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि कलाधर भण्डारीले नेहिन विद्यार्थीहरुको लागि विद्यालयमा प्रश्न पत्र निर्माण देखि लिएर शिक्षा प्रदान गर्दा स सानो कुरामा ख्याल गरेरमा उनीहरुको सहभागीता शुनिश्चत हुने बताएका थिए ।
खासगरी गणीत तथा विज्ञानको प्रश्न पत्र निर्माण गर्दा प्रयोग गरिने सांकेतीक कुराहरु दृष्टिविहिनता भएका विद्यार्थीहरुले नबुझ्ने भएको हुँदा उक्त स्थानमा सोही प्रश्न संगै अन्य थप बैकल्पीक प्रश्नहरु समेत समावेश गर्न माग गरे ।
कार्यक्रममा बोल्दै विशिष्ठ अतिथि शिक्षा विकास तथा संमन्वय एकाई कार्यलय रुपन्देहीका प्रमुख दिपेन्द्र ढकालले अपाङ्गता भएका त्यसमा पनि दृष्टिविहनता भएका विद्यार्थीहरुको समस्या समाधानका लागि आफुले हदैसम्मको सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । उनले यसको लागि सम्बन्धी पालिकाका शिक्षा विकास शाखा हेर्ने निकायहरुलाई यस विषयमा प्रष्ठ पार्ने र सोही अनुसार परिक्षा प्रणालीमा सुधार ल्याउने समेत बताएका थिए ।
कार्यक्रममा नेत्रहिन युवा संघका केन्द्रीय अध्यक्ष कलाधर भण्डारीले नेत्रहिन युवा संघ गठन, यसको कार्य लगायत नेत्रहिन विद्यार्थीहरुको लागि स्थानिय तहले गर्नुपर्ने काम को विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । झापा जिल्लाबाट सुरु भएको नेत्रहिन युवा संघको अहिले देशभरमा कुल ९ वटा जिल्लामा शाखा विस्तार गरिएको उनले जानकारी दिए । उनले अपाङ्गता अधिकारी, मुल प्रवाहमा दृष्टिविहिनहरुको समाहित शिक्षाको विषयमा प्रकाश परेका थिए ।

प्रकाशित मिति : बुधबार, फाल्गुन ७ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij