JanataToday.com

Advertisment

SKIP THIS

रिसन रूपन्देहीको खेल महोत्सव कुन्जलापुरमा शुरू

रिसन रूपन्देहीको खेल महोत्सव कुन्जलापुरमा शुरू

 

तिलोत्तमा ।
रुपन्देही एकीकृत विद्यालय संगठन नेपाल रिसनको आयोजनामा तिलोत्तमाको कुन्जलापुरमा आयोजित २ दिने खेल महोत्सव शुक्रबारबाट शुरू भएको छ ।
विद्यार्थीलाई अतिरिक्त क्रियाकलाप अन्तर्गत खेल क्षेत्रमा समेत अब्बल बनाउने हेतुले शुरू रिसन खेल महोत्सवमा तिलोत्तमा नगरभित्रका रिसनमा आबद्घ ९ वटा विद्यालयले सहभागिता जनाएका छन ।

जस अन्तर्गत शुक्रबार एथलेटिक्स तर्फको छात्र छात्रा दुवै विधामा सव जुनियर १०० मीटर, जुनियर १०० मीटर तथा सिनियर विधा तर्फको १०० मीटर दौंडको फाईनल प्रतिस्प्रर्धा सम्पन्न भए भने जुनियर एंव सिनियर तर्फको फाईनल रिले ४०० मीटर दौंडका फाईनल प्रतिस्प्रर्धाहरू समेत शुक्रवार नै सम्पन्न भएका छन । यसैगरि जुनियर र सिनियर तर्फको ८०० मीटर दौंड प्रतियोगिता समेत शुक्रवार नै सम्पन्न भएका छ भने छात्र छात्रा तर्फको लगंजम्प सव जुनियर, जुनियर र सिनियर विधाका फाईनल खेलहरू समेत शुक्रबारै नै सम्पन्न गरिएको छ । सव जुनियर, जुनियर र सिनियर तर्फको ४०० × १०० मीटर रिले दौंडका फाईनल प्रतिस्प्रर्धाहरू समेत शुक्रबार नै टुगों लगाईएको खेल संयोजक लक्ष्मण अर्यालले जानकारी दिएकाछन ।

शनिबार ज्याभलिन थ्रो, सर्टपुट, हाईजम्प, २०० मीटर दौड, सिनियर तर्फको ४०० × ४ मीटर रिले दौंड एंव सिनियर तर्फ कै १५०० मीटर दौडं प्रगियोगिताहरू सम्पन्न हुनेछन ।
खेल सप्ताहमा कक्षा एकदेखि दशसम्मका छात्र छात्रा सहभागी छन । जसमा एक देखि चार, पाँचदेखि सात र आठदेखि दस गरी जुनियर, सव जुनियर र सिनियर गरि विभिन्न विधामा खेलहरु आयोजना गरिएको छ ।
अंकका आधारमा खेलहरू खेलाईएको रिसन खेल महोत्सवमा अंकका आधारमा बिजेता घोषणा गराईएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई शिल्ड, मेडल तथा प्रमाणपत्रले सम्मान गर्ने कार्यक्रम रहेको खेल संयोजक लक्ष्मण अर्यालले जानकारी दिएका छन ।
यसअघि उद्घघाटन सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एंव तिलोत्तमा नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद विकाश शाखाका प्रमुख गंगाराम आचार्यले स्वस्थ जीपन यापनका लागी शारिरीक विकाशको अत्यन्त ठूलो भूमिका रहने बताए । साथै उनले मानिस स्वस्थ रहे समाज बलियो हुने बताउदै राष्ट्र समेत बलियो हुने भएकाले मेडल जित्न कै लागि भन्दा पनि विद्यार्थीहरूको सहभागिता नै ठूलो कुरा भएको बताउदै प्रतियोगिता आयोजना गरेकोमा रिसन परिवारलाई बधाई एवं धन्यवाद दिए । सो अवसरमा शुभकामना मन्तब्य दिदै ब्याब्सन प्रदेश न ५ का अध्यक्ष खेमेन्द्र रानाले, सयौं मीलको यात्रा एउटा पाईलाबाटै शुरू हुने भएकाले विद्यार्थीहरूलाई उत्साहपूर्वक खेल महोत्सवमा भाग लिन आग्रह गरे ।

रिसन रूपन्देहीका अध्यक्ष दीपक खनालको अध्यक्षता एवं रिसन रूपन्देहीका उपाध्यक्ष तथा कार्यक्रम संयोजक लक्ष्मण अर्यालको स्वागत रहेको कार्यक्रममा रिसन रूपन्देहीका सल्लाहकार एवं प्याब्सन जिल्ला उपाध्यक्ष कमल प्रसाद रेग्मी, रिसन कार्यसमिति कोषाध्य़क्ष ज्ञान बहादुर थापा, सदस्य रमेश श्रेष्ठ, नेपाल एथलेटिक्स महासंघका केन्द्रिय कोषाध्यक्ष मोहन घले, लिटिल प्याराडाईजका प्रबन्ध निर्देशक माधव प्रसाद पाण्डे, उमा निमावि कुन्जलापुरका प्रअ तेज प्रसाद पौडेल लगायतको उपस्थिति एवं रिसन रूपन्देहीका वरिष्ठ उपाध्यक्ष केएन सागर ज्ञवालीले कार्यक्रमको सन्चालन गरेका थिए ।
कुन्जलापुरस्थित उमा निमाविको खेल मैदानमा जारी खेल महोत्सवमा नेपाल एथलेटिक्स संघको प्रविधिक सहयोग रहेको छ भने प्रगियोगिताको शनिबार एक कार्यक्रमका बिच समापन हुने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : शुक्रबार, फाल्गुन ९ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij